२३ बैशाख २०८१, आइतबार | May 5, 2024

मेलम्चीमा भीषण बाढी र पहिरो : ४० जनाभन्दा बढी बेपत्ता, तीन पक्की पुल बग्यो



काठमाडौं । अविरल वर्षाका कारण सिन्धुपाल्चाकको मेलम्ची (इन्द्रावती) नदीमा आएको बाढीका कारण ४० जनाभन्दा बढी बेपत्ता भएका छन् । नदी तटीय क्षेत्रमा भएका भण्डारी रिसोर्ट तथा इको रिसोर्टसहित केही रिसोर्ट तथा आधा दर्जनभन्दा बढी माछा फर्म बगाएको स्थानीय अर्जुन भण्डारीले बताए । बाढीले मेलम्ची खानेपानी आयोजनाको ड्याम र नेशनल हाइड्रोपावरको ड्याम पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

बाढीका कारण मेलम्ची खोलामा रहेको चोक्पु तथा फट्टेको पक्की पुल बगाएको छ । त्यसैगरी जिल्लाको उत्तरी भाग तिपेनी बजार तथा पाँचपोखरी जोड्ने पक्की र झोलङ्गे पुलसमेत बगाएको जिल्ला समन्वय समिमितका सभापति कृष्णगोपाल तामाङले बताए ।

अविरल वर्षासँगै विद्युत् अवरुद्ध भएकाले स्थानीयसँग सम्पर्क गर्न कठिनाइ भएको बताउँदै उनले तत्काल उद्धार र राहतका लागि प्रमुख जिल्ला अधिकारीसहितको टोली अवलोकनमा जाने तयारी गरेको बताए । स्थलगत अवलोकनपछि मात्र विस्तृत विवरण आउने उनको भनाइ छ ।

यसैबीच, नदीमा पानीको सतह बढेपछि नदी आसपासका बस्ती र बजारहरु खाली गराइएको छ । मेलम्ची बजारसहित मेलम्ची (इन्द्रावती) नदी किनारका बाहुनेपाटी, सिपाघाटमा बस्ती खाली गराउन थालिएको हो ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ६ : ३८ बजे

काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

सेयर बजारमा २४.५८ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको

जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौं । आज नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

काठमाडौ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा