१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

कार्यकर्तालाई कांग्रेस सभापति देउवाको निर्देशन : तत्काल आ-आफ्नो क्षेत्रबाट उद्दार कार्यमा खटिनू



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढीपहिरोले क्षति पुर्याएका स्थानमा उद्धार र राहतमा खटिन कार्यकर्तालाई निर्देशन दिएका छन ।

देशका विभिन्न क्षेत्रमा बाढीपहिरोले क्षति पुर्‍याएकाले तत्काल आ–आफ्नो क्षेत्रबाट उद्धार र राहतमा खटिन नेता तथा कार्यकर्ताहरुलाई सभापति देउवाले निर्देशन दिएका हुन ।

आज बिहान सामाजिक सञ्जाल ट्विटर सन्देश जारी गर्दै सभापति देउवाले आवश्यक राहत प्याकेज घोषणा गर्न सरकारलाई समेत आग्रह गरेका छन् ।

देउवाले लेखेका छन्, ‘केही दिनदेखिको अविरल वर्षाका कारण सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न क्षेत्रमा क्षति हुन थालेको छ । कठिन अवस्थामा नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरूलाई तत्काल आ-आफ्नो क्षेत्रमा उद्धार र राहतमा खटिन निर्देशन गर्दछु । सरकारलाई तत्काल विपदमा परेका जनतालाई उद्धार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरूलाई आवश्यक राहत प्याकेज घोषणा गर्न माग गर्दछु ।’

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ९ : १३ बजे

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी