२० असार २०८३, शनिबार | July 4, 2026

नर्भिक पुगेर वरिष्ठ नेता जेएनलाई भेटे एमाले महासचिव पोखरेलले



काठमाडौं । एमाले विवादमा विपक्षीहरुप्रति अलि कडा देखिने गरेका महासचिव ईश्वर पोखरेलले बिरामी भएर उपचारका लागि दिल्ली जान लागेका पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता झलनाथ खनाललाई अस्पताल पुगेर भेटेका छन् ।

नेता खनाल थप उपचारका लागि दिल्ली जाने तयारी गरिरहेका बेला एमाले महासचिव पोखरेलले बुधबार खनाललाई थापाथलीस्थित नर्भिक अस्पताल पुगेर भेट गरेका हुन् ।

अध्यक्ष ओलीले पार्टीबाट निष्काशन गरेको भएपनि महासचिव पोखरेलले फेसबुकमा नेता खनाललाई पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता भनेर सम्बोधन गर्दै खनालको स्वास्थ्य लाभको कामना गरेका छन् । उनले नेता खनालको अवस्थाबारे जानकारी लिएको समेत जानकारी गराएका छन् ।

भेटमा नेता खनालले महासचिव पोखरेललाई ‘तपाईंले पार्टी मिलाउनुस् कमरेड १’ भनेर आग्रह गरेको पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जनाएका छन् । जवाफमा पोखरेलले शीघ्र स्वास्थ्य लाभको कामना गर्दै छिट्टै निको भएर आएपछि सल्लाह गर्ने बताएको पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन् ।

नेता खनाललाई नेपाल एयरलाइन्सको जहाजमार्फ़त थप उपचारका लागि आजै भारतको नयाँ दिल्ली लगिएको छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १ : ३२ बजे

प्रचण्ड र माधव नेपाल आज बुटवल आउँदै, प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

विश्वकपमा मेसीको अर्को इतिहास, लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना

देशभर मनसुन सक्रिय, आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि