२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

दोर्दी खोलाले हिलेबजारका १४ घर बगायो, ५० घर उच्च जोखिममा



लमजुङ । लमजुङको दोर्दी गाउँपालिका-८ मा रहेको हिलेबजारका १४ घर बगाएको छ भने ५० घर उच्च जोखिममा छ ।

आइतबारदेखि निरन्तर वर्षासँगै दोर्दीखोलामा आएको बाढीले यहाँ मंगलबार दिउँसोदेखि आज बिहानसम्म १४ घर बगाएको वडाध्यक्ष तुलबहादुर घलेले जानकारी दिए । उनले भने, “ती घरमध्ये नौ घरका स्थानीयवासीले घरमा रहेका सामान झिक्न पाए पनि पाँच घरका स्थानीयवासी भन्छन – घरसहित घरमा भएको सबै सामान पनि बगाएको छ ।”

१०६ घर रहेको यहाँ ५० घर उच्च जोखिममा रहेको वडाध्यक्ष घलेको भनाइ छ । पक्की घरसमेत चारवटाको पिल्लर नै उक्काइसकेको र सो बस्तीमा पानीले हानिरहेको छ ।

त्यस्तै, पाँच/छवटा बिजुलीको हाइटेन्सन खम्बा पनि ढालेको वडाध्यक्ष घलेले बताए । ती तारले झोलुंगे पुलमा अवरुद्ध बनाएको छ ।

स्थानीयवासी यहाँबाट पालिकाको केन्द्र र जिल्लाका सदरमुकाम जाने बाटो सबै क्षतविक्षत भएकाले आउन र जान पनि नसक्ने अवस्थामा रहेको बताइएको छ । स्थानीयवासीलाई सोही बजारको अलि उच्च रहेका १०/१२ घरमा र फलेनी माविमा राखिएको छ ।

कतैबाट राहत सामग्री ल्याउन पनि बाटोले समस्या बनाएकाले यहाँका स्थानीयवासी समस्यामा छन् । बिजुली बत्ती समेत छैन । खोला बढिरहेको छ, अझै घट्ने सम्भावना छैन । “विगतमा पनि खोलामा बाढी नआएको होइन, तर यसरी आएको पहिलोचोटि नै हो,” वडाध्यक्षले भने ।

राहतका लागि जिल्ला प्रशासनलाई खबर गरिसकेको र राहत पठाएमा पनि बाटो नभएकाले समस्या हुने वडाध्यक्षले बताए । रासस

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ३ : १८ बजे

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी आयोजना

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले लुम्बिनीमा अन्तराष्ट्रिय

विश्व प्रेस स्वतन्त्रता दिवसको सान्दर्भिकता

काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले आज संसारभर उत्सव

विश्वकप क्रिकेट खेल्ने विद्यार्थीलाई फिनिक्स कलेजले गर्यो सम्मान

काठमाडौ । विश्वकप क्रिकेट खेल्ने विद्यार्थीहरुलाई फिनिक्स कलेजले सम्मान गरेको

कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ

सिरहा । आफ्नै बुवा ५१ वर्षीय चन्दर यादवको कुटपिट गरी

देश दैडाहमा चलचित्र ‘खजुरे ब्रो’को टिम

बुटवल । नेपाली चलचित्र ‘खजुरे ब्रो’को टिम चलचित्रको प्रमोसनको लागी