१८ माघ २०८२, आइतबार | February 1, 2026

गण्डकी प्रदेशका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी शुक्रबार प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन्
। विश्वासको मत लिनु दुई दिन अघि प्रदेशसभा सचिवालयलाई जानकारी दिनुपर्छ ।

५९ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीको पक्षमा ३१ सांसद रहेका छन् । विश्वासको मत हासिल गर्न ३० मत आवश्यक पर्छ । ६० सदस्यीय प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको पद खारेज भएपछि ५९ मा सीमित भएका भएको छ ।

विपक्षी दलहरुले नेकपा एमालेबाट मुख्यमन्त्री बनेका पृथ्वी सुब्बा गुरुङलाई अल्पमतमा पारेपछि पोखरेल संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका थिए । यसरी बनेका मुख्यमन्त्रीले उपधारा ४ अनुसार ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत हासिल गर्नुपर्छ ।

मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । मुख्यमन्त्री बन्ने दिनमै चार जनालाई मन्त्री बनाएका उनले अब मन्त्रिपरिषद्लाई पूर्णता दिने योजना बनाएका हुन् । सरकारमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाको प्रतिनिधित्व रहेको छ ।

 

 

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ३ : ४३ बजे

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज

बजार झरेका मतदाता भन्छन्, ‘गाउँमै बस्ने वातावरण बनाइदेउ’

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास

बागलुङ-बिहुँ खण्ड : नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३