२२ चैत्र २०८२, आइतबार | April 5, 2026

गण्डकी प्रदेशका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी शुक्रबार प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन्
। विश्वासको मत लिनु दुई दिन अघि प्रदेशसभा सचिवालयलाई जानकारी दिनुपर्छ ।

५९ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीको पक्षमा ३१ सांसद रहेका छन् । विश्वासको मत हासिल गर्न ३० मत आवश्यक पर्छ । ६० सदस्यीय प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको पद खारेज भएपछि ५९ मा सीमित भएका भएको छ ।

विपक्षी दलहरुले नेकपा एमालेबाट मुख्यमन्त्री बनेका पृथ्वी सुब्बा गुरुङलाई अल्पमतमा पारेपछि पोखरेल संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका थिए । यसरी बनेका मुख्यमन्त्रीले उपधारा ४ अनुसार ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत हासिल गर्नुपर्छ ।

मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । मुख्यमन्त्री बन्ने दिनमै चार जनालाई मन्त्री बनाएका उनले अब मन्त्रिपरिषद्लाई पूर्णता दिने योजना बनाएका हुन् । सरकारमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाको प्रतिनिधित्व रहेको छ ।

 

 

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ३ : ४३ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको