१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

रुपन्देहीका होटल व्यावसायीले मागे कोरोनाविरुद्धको खोप



बुटवल । कोभिडको संक्रमणमा परेकाहरुलाई व्यवस्थापन गर्न आवश्यकता पर्दा होटलहरुलाई आइसोलेन र क्वारेन्टाइका लागि उपलब्ध गराएका होटल व्यवसायीहरु पनि कोभिडको फन्ट लाईनमा रहेकाले उनिहरुलाई कोरोना विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन सरकारसंग माग गरेका छन ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठलाई विहिवार भेटेर होटल व्यवसायीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन ।

सरकारले कोरोना संक्रमण रोकथामको लागि खोप नै सबै भन्दा उपयुक्त विधीका रुपमा लिएको र खोपको उपलब्धता नभयकाले समस्या हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठले बताए । मन्त्री श्रेष्ठले पर्यटन व्यवसायीलाई खोप उपलब्ध हुदाको समयमा प्राथमिकतामा राखेर व्यवस्था मिलाउने आस्वासन दिए ।

संघका अध्यक्ष राम प्रसाद गौतमले कोभिड-१९ को संक्रमण लम्बिदै जाँदा सामाजिक तथा आर्थिक क्षेत्रमा पर्ने प्रभाव क्रमशः बढ्दै जाने मात्र नभई पर्यटन, होटल, व्यबसायी र मजदुरलाई मनोवैज्ञानिक रुपमा समेत सुरक्षित बनाउन र जीर्ण भएको अर्थतन्त्र चलायमान गराउनको लागि खोपको प्राथमिकतामा राख्नुपर्नेे धारण राखे ।

कोरोना महामारीको संक्रमण फैलिन नदिन सरकारले गरेको निषेधाज्ञाका बिच पनि होटल व्यवसायीले निर्वाध रुपमा कोभिडको संक्रमणमा परेकाहरुलाई व्यवस्थापन गर्न आवश्यकता पर्दा होटलहरुलाई आइसोलेन र क्वारेन्टाइका उपलब्ध गराएको र जोखिमका बिचमा पनि काम गर्ने व्यबसायी तथा मजदुरलाई कोरोना बिरुद्धको खोपमा प्राथमिकता दिन संघका प्रथम उपाध्यक्ष लेखनाथ भण्डारीले सरकारसंग माग गरे ।

संकटको घडीमा महामारी नियन्त्रणका लागि तीनै तहका सरकारलाई होटल व्यवसायीले सहयोग गदै आएको र आगामी दिनमा पनि सहयोग र सहकार्यका लागि क्रियाशिल रहने संघले जनाएको छ ।

संघले बिहिवार नै जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देही र रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई भेटी कोभिड विरुद्धको खोप होटल व्यवसायीलाई उपलब्ध गराउन माग गरेको सघका महा सचिव माधव कुमार खनालले बताए । संघमा १ हजार १ सय व्यवसायीहरुको आवद्धता रहेको छ ।

 

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ५ : ३१ बजे

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश

लुम्बिनी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल सुरु

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको सातौँ बैठकमा आर्थिक वर्ष

रास्वपा सांसद खरेलको ‘तमासा’  अभिव्यक्ति हटाउन नेकपाको माग

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री

मुख्य न्यायाधिवक्ताहरूको राष्ट्रिय सम्मेलन धनगढीमा सुरु

सुदूरपश्चिम । ‘समन्वय, सहकार्य र कानुनको प्रभावकारी कार्यान्वयन–सबल मुख्य न्यायधिवक्ता,