२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

कोपा अमेरिका : पेरुमाथि ब्राजिलको ४ गोल



काठमाडौं । कोपा अमेरिका फुटबलमा ब्राजिलले लगातार दोस्रो जित निकालेको छ ।

शुक्रबार बिहान भएको समूह चरणको खेलमा आयोजक समेत रहेको ब्राजिलले पेरुलाई ४-० गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो ।

ओलम्पिक निल्टन सान्तोस स्टेडियममा सम्पन्न खेलमा ब्राजिलका एलेक्स सान्ड्रो, नेयमार, एभर्टन रिबेरो र रिचार्लीसनले एक/एक गोल गरे । खेलको १२ औं मिनेटमा एलेक्सले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हापमा १-० गोल अन्तरले अघि रहेको ब्राजिलले दोस्रो हापमा थप ३ गोल गर्यो ।

खेलको ६८ औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई २-० को अग्रता दिलाए । ब्राजिलका लागि नेयमारको यो ६८ औं गोल हो । खेलको ८९ औं मिनेटमा एभर्टनले गोल गर्दा ब्राजिलले ३-० को अग्रता बनायो । इन्जुरी समयमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई ४-० को जित दिलाए । जितसँगै समूह ’बी’ मा रहेका ब्राजिलले २ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ ।

ब्राजिलले पहिलो खेलमा भेनेजुएलालाई ३-० गोल अन्तरले पराजित गरेको थियो । पहिलो खेलमै हार ब्यहोरेको पेरु समूहको पुछारमा रहेको छ ।

यसै समूहको अर्को खेलमा कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी खेलेका थिए । कोलम्बिया २ खेलमा ४ अंक जोडेर समूहको दोस्रो स्थानमा छ भने एक अंक जोडेको भेनेजुएला तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ८ : ४४ बजे

अर्ना र चराचुरुङ्गीले परिचित कोशी टप्पु, पर्यटकका रोजाइमा

सुनसरी । दुर्लभ वन्यजन्तु, सयौँ प्रजातिका चराचुरुङ्गी र प्रकृतिमा आधारित

सुदुरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बैठक आज अपराह्न ५ः०० बजे बस्दैछ

किशोर श्रेष्ठको रिहाइको माग गर्दै पत्रकार महासंघको धर्ना

काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल

रोल्पा पहिरोमा पुरिएका १० मध्ये ३ जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण

सिन्धुपाल्चोकमा टिपर दुर्घटनामा युवकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरामा टिपर दुर्घटना हुँदा एक