१७ भदौ २०८३, बुधबार | September 2, 2026

लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह



काठमाडौं । नेपालले अतिकम विकसित राष्ट्रका विकासको आकाङ्क्षा पूरा गर्न लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारहरुसँग आग्रह गरेको छ ।

अतिकम विकसित देशलाई विकासको बाटोमा अग्रसर गराउन अन्तर्राष्ट्रिय समुदायले वित्तीय सहयोग गर्ने प्रतिबद्धता जनाए पनि त्यो कार्यान्वयन नभएको सन्दर्भमा नेपालले विकासका साझेदारलाई पुनः झक्झक्याएको हो ।

‘अतिकम विकसित राष्ट्रमा लगानी बढाउन वित्तीय उपकरणको विविधिकरण’ विषयमा संयुक्त राष्ट्रसङ्घीय महासभा तथा राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्को संयुक्त बैठकलाई पूर्वअभिलेखित ‘भिडियो’ मार्फत सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री रघुवीर महासेठले अतिकम विकसित राष्ट्रका विकासका आवश्यकता पूरा गर्न अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएकामा जोड दिनुभएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

अल्पविकसित देशलाई उसको उत्पादकत्व बढाउन क्षमता अभिवृद्धि, भौतिक पूर्वाधार, ऊर्जा र सम्पर्क सञ्जाल विस्तारमा विकास साझेदारहरुबाट वित्तीय अभाव परिपूर्ति हुनुपर्ने मन्त्री महासेठले बताए ।

अतिकम विकसित राष्ट्रको समूहबाट नेपालको स्तरोन्नति हुनु विकासको बाटोमा लम्कने महत्वपूर्ण उपलब्धि हुने बताउँदै उनले स्तरोन्नतिको प्रक्रियालाई दिगो र सहज तुल्याउन आन्तरिक एवं बाह्य स्रोेतका साथै सार्वजनिक एवं निजी क्षेत्रबाट पूँजी परिचालन गरिने बताए । -रासस

 

 

 

 

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ९ : ३४ बजे

काठमाडौँ–हेटौँडा जोड्ने वैकल्पिक मार्ग र नयाँ कार्यतालिका सार्वजनिक

काठमाडौँ । त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गमा सवारी आवागमन

रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव सर्वसम्मत पारित

काठमाडौं । प्रतिनिधिसभाले रसुवासहित विभिन्न जिल्लामा ठूलो जनधनको क्षति हुने

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

संकटबाट पार लगाउन सामाजिक सञ्जालले सक्दैन, सबै संयन्त्र परिचालन गर्नुपर्छ : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल

नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व हो : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश