१८ चैत्र २०८२, बुधबार | April 2, 2026

सिन्धुपाल्चोकमा बाढीको जोखिममा परेका स्थानीयको सुरक्षित स्थानान्तरणका लागि सभामुखले गराए सरकारको ध्यानाकर्षण



काठमाडौं । अविरल बर्षाले सिन्धुपाल्चोकको भोटेकेशी गाउँपालिकास्थित तातोपानी–कोदारी क्षेत्रमा अरनिको राजमार्ग र लिपिङ पुलमा क्षति पु-याएको सम्बन्धमा सभामुख अग्नीप्रसाद सापकोटाले सरकारको ध्यानाकर्षण गराएका छन् ।

सभामुख सापकोटाले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्बाङ मार्फत सो राजमार्ग संचालन सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सभामुख सापकोटाले तातोपानी–कोदारी क्षेत्रमा बाढी कटानबाट भइरहेको क्षति न्युनिकरण एवं जोखिममा परेका स्थानीयको सुरक्षित स्थानान्तरणका विषयमा मन्त्री नेम्बाङसँग आज सम्वाद समेत गरेका छन् । भेटका अवसरमा उनले जोखिममा परेका स्थानीको उद्धार, सुरक्षित बसोबास एवं बन्द सडक तत्काल सञ्चालनमा ल्याउन मन्त्री नेम्वाङलाई ध्यानाकर्षण गराएका थिए ।

सभामुख सापकोटा र मन्त्री नेम्बाङबीचको छलफल लगत्तै आजै सडक विभागका महानिर्देशक अर्जुनजंग थापासहितको टोलीले कटान क्षेत्रको स्थलगत अवलोकन गरेको छ ।

महानिर्देशक थापाले केही दिनभित्रै बन्द सडक सुचारु गरिने जानकारी प्राप्त भएको सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपाने जनाएका छन् । भोटेकोशीको कटानले लिपिङ पुलमा क्षति पुगेको र अरनिको राजमार्ग अन्तरगतको सडक ठाउँ ठाउँमा भासिएको छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ५ : ४७ बजे

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग

काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

भोलिबाट एसईई परीक्षा : ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई)

राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर

इरान विरुद्ध अमेरिका-इजरायल युद्ध : अवसर खोज्ने चिनियाँ चुपचाप रणनीति

“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।”