२४ मंसिर २०८२, बुधबार | December 11, 2025

सिन्धुपाल्चोकमा बाढीको जोखिममा परेका स्थानीयको सुरक्षित स्थानान्तरणका लागि सभामुखले गराए सरकारको ध्यानाकर्षण



काठमाडौं । अविरल बर्षाले सिन्धुपाल्चोकको भोटेकेशी गाउँपालिकास्थित तातोपानी–कोदारी क्षेत्रमा अरनिको राजमार्ग र लिपिङ पुलमा क्षति पु-याएको सम्बन्धमा सभामुख अग्नीप्रसाद सापकोटाले सरकारको ध्यानाकर्षण गराएका छन् ।

सभामुख सापकोटाले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्बाङ मार्फत सो राजमार्ग संचालन सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सभामुख सापकोटाले तातोपानी–कोदारी क्षेत्रमा बाढी कटानबाट भइरहेको क्षति न्युनिकरण एवं जोखिममा परेका स्थानीयको सुरक्षित स्थानान्तरणका विषयमा मन्त्री नेम्बाङसँग आज सम्वाद समेत गरेका छन् । भेटका अवसरमा उनले जोखिममा परेका स्थानीको उद्धार, सुरक्षित बसोबास एवं बन्द सडक तत्काल सञ्चालनमा ल्याउन मन्त्री नेम्वाङलाई ध्यानाकर्षण गराएका थिए ।

सभामुख सापकोटा र मन्त्री नेम्बाङबीचको छलफल लगत्तै आजै सडक विभागका महानिर्देशक अर्जुनजंग थापासहितको टोलीले कटान क्षेत्रको स्थलगत अवलोकन गरेको छ ।

महानिर्देशक थापाले केही दिनभित्रै बन्द सडक सुचारु गरिने जानकारी प्राप्त भएको सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपाने जनाएका छन् । भोटेकोशीको कटानले लिपिङ पुलमा क्षति पुगेको र अरनिको राजमार्ग अन्तरगतको सडक ठाउँ ठाउँमा भासिएको छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ५ : ४७ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल