१९ माघ २०८२, सोमबार | February 2, 2026

नेपाल टेलिकमले सुरु गर्यो एनटी टिभी ब्राण्डमा आईपी टिभी सेवाको सुरुवात



काठमाडौ । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाले असार ६ गतेदेखि एफटीटीएच Fiber To The Home-FTTH मार्फत आईपी टिभी  सेवा सञ्चालनमा ल्याएको छ ।

NTTV (एनटी टिभी) ब्राण्डको यो सेवा प्रथम चरणमा लुम्बिनी प्रदेशका भैरहवा, बुटवल, तानसेन, तम्घास, सन्धिखर्क, परासी र तौलिहवा लगायतका स्थानहरुमा वितरण शुरु गरिएको हो ।

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाका निर्देशक झविन्द्र उपाध्यायले आगामी दिनमा निर्देशनालय मातहतका सबै क्षेत्रमा यो सेवाको विस्तार गर्ने तयारी भइरहेको बताए ।

टेलिकमले एफटीटीएच सेवाबाट हालसम्म भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकोमा एनटी टिभी सेवा पनि उपलब्ध गराएपश्चात् त्चष्उभि एबिथ (ट्रिपल प्ले) को अवधारणा कार्यान्वयनमा आउने भएको हो ।

हाल वितरित ल्त्त्ख् (एनटी टिभी) सेवामा मुलुकका राष्ट्रिय प्रसारण र क्षेत्रीय प्रसारणका सबै टेलिभिजन च्यानलहरु उपलब्ध रहेका छन् । यसका साथै नेपालमा उपलब्ध र हेरिने प्राय सबै विदेशी टेलिभिजन च्यानलहरु ग्राहकहरुलाई उपलब्ध हुनेछ । हाल कम्पनीले वेसिक र प्रिमियम गरी दुई प्याकेजमा ल्त्त्ख् (एनटी टिभी) सेवा उपलब्ध गराइरहेको छ । वेसिकमा १०२ वटा टेलिभिजन च्यानलहरु र प्रिमियममा १८५ वटा टेलिभिजन च्यानलहरु हेर्न सकिन्छ ।

नेपाल टेलिकमले २०७७ पुष १७ गते (१ जनवरी २०२१) मा सर्वप्रथम NTTV (एनटी टिभी) सेवाको वितरण शुरु गरेको थियो । हाल यो सेवा काठमाडौ उपत्यकाबाहेक बनेपा र चितवनमा पनि उपलब्ध छ ।

एनटी टिभी सेवाको प्याकेज तथा दररेट र सेवा उपलब्ध हुने स्थानहरु सम्बन्धी विस्तृत विवरण कम्पनीको वेबसाइट https://ntc.net.np/tariff/ftth-tariff मा उपलब्ध छ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ७ : ५२ बजे

‘भिटामिन डी को कमीले शरीरमा विविध समस्या ल्याउँछ’

चितवन । भिटामिन डी शरीरमा पर्याप्त मात्रामा हुनु अति आवश्यक

मतदाताको गोपनीयता भङ्ग नगर्न प्रशासनको आग्रह

झापा । जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्यूब लगायतका सामाजिक

विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार

म्याग्दी । रोजगारीको क्रममा विदेशमा पुगेर अलपत्र बनेका यहाँको रघुगङ्गा

मुस्ताङका उम्मेदवार गुनासो गर्दछन् , ‘मतदाता को कहाँ बस्छन् भनेर पोखरा, काठमाडौ खोज्दै हिँड्नु परेको छ ’

मुस्ताङ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चहल पहल बिस्तारै बढ्दै

मूल्य पाइने आशामा बोटमै जुनार

रामेछाप । मुलुक चुनावी माहोलले तात्तिएको छ । तर यहाँका