२० मंसिर २०८२, शनिबार | December 6, 2025

लुम्बिनी प्रदेशका जसपाका चार सांसदको मुद्दा सर्वोच्चको पूर्ण इजलासबाट टुंगो लाग्ने



काठमाडौं । जनता समाजवादी पार्टी जसपाले कारवाही गरेका लुम्बिनी प्रदेशका चार प्रदेशसांसदको मुद्दा पूर्ण इजलासबाट टुंगो लाग्ने भएको छ ।

सर्वोच्च अदालतका न्याायाधीसद्वय दीपककुमार कार्की र हरि फुयाँलको संयुक्त इजलासले प्रदेशसभा सांसदको मुद्दा पूर्ण इजलासमा पठाउने आदेश दिएको छ । जसपाको बहुमत कार्यकारिणीको हस्ताक्षरसहितको निर्णयको आधारमा लुम्बिनी प्रदेशसभा सचिवालयले चार सांसदलाई पदमुक्त गरेको थियो ।

पार्टी निर्णय विपरित मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गर्दै सरकारमा सहभागी भएपछि जसपाले सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई सांसद पदबाट निस्काशन गरेको थियो । हाल मन्त्री समेत रहेका चारैजना प्रदेशसभाको निर्णय विरुद्ध सर्वोच्च अदालतमा गएका थिए । सर्वोच्चले उनीहरुको पक्षमा अन्तरिम आदेश जारी गरेको थियो ।

न्यायाधीसद्वय कार्की र फुयाँलको आदेशमा रिटको संवेदनशीलतालाई ध्यानमा राख्दै यही असरा २१ गते पूर्ण इजलासमा पठाउने निर्णय भएको छ । आदेशमा मन्य विपक्षीहरुबाट लिखित जवाफ आए पनि प्रदेश निर्वाचन आयोगको लिखित जवाफ आउन बाँकी रहेको समेत जनाइएको छ ।

लुम्बिनी सरकारका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको गठबन्धनले गत बैशाख ६ गते प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । तर, अविश्वासको प्रस्ताव दर्ता गरेको ३ घण्टा नवित्दै हस्ताक्षर गरेका तीन जनासहित चार सांसद पोखरेल सरकारमा सहभागी भएका थिए ।

त्यसपछि जसपाको केन्द्रीय कार्यकारिणीको बहुमतले उनीहरुलाई पार्टीबाट निस्काशन गर्दै सांसद पदबाट समेत निस्काशन गर्न प्रदेशसभालाई पत्राचार गरेको थियो ।

 

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ४ : ०७ बजे

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास