१ पुस २०८२, मंगलबार | December 17, 2025

पाकिस्तानले अफगानिस्तान विरुद्ध अमेरिकालाई आफ्नो क्षेत्र प्रयोग गर्न नदिने



पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तान विरुद्ध प्रयोग गर्न अमेरिकालाई आफ्नो देशको कुनै पनि भूभाग नदिने स्पष्ट पारेका छन् ।

अमेरिकी टेलिभिजन एचबीओ एक्जियोजलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री खानले आफ्नो कुनै पनि सैनिक अखडा या भूभाग प्रयोग गर्न अमेरिकालाई नदिने स्पष्ट पारेका हुन् ।

अफगानिस्तानभित्र २० वर्ष भन्दा लामो असफल युद्ध लडेको अमेरिकाले त्यहाँबाट आफ्ना सेना फिर्ता गर्दैछ । तर, पाकिस्तानी भूमि प्रयोग गरेर अफगानिस्तानका तालिवान विरुद्ध आक्रमण गर्ने अमेरिकी योजना सार्वजनिक भएपछि पाकिस्तान घोषित रुपमा त्यस नीति विरुद्ध खडा भएको हो ।

अन्तर्वार्तामा प्रधानमन्त्री खानले भनेका छन्, ‘अमेरिकी युद्धमा सामेल हुँदा पाकिस्तानका ७० हजार भन्दा बढीको मृत्यु भएको छ । हामीले सबैभन्दा बढी यातना भोगेका छौं । अब हामी इलाकाबाट कुनै पनि सैन्य कारवाहीलाई अनुमति दिन सक्दैनौं । हामी द्वन्द्वमा होइन शान्तिमा साझेदार बन्नेछौं ।’

प्रधानमन्त्री खानले अमेरिकीहरूले अफगानिस्तान छोड्नुअघि त्यहाँ राजनीतिक सम्झौता हुनै पर्नेमा जोड दिएका छन्। उनले भने, ‘राजनीतिक समाधान नहुँदा गृहयुद्धको सम्भावना छ र अफगानिस्तान पछि सबैभन्दा बढी पीडित देश पाकिस्तान नै हुनेछ।’

अफगानिस्तान युद्धका कारण त्यहाँका ३० लाख भन्दा बढी नागरिकले पाकिस्तानमा शरणार्थी जीवत बिताइरहेका छन् ।

एक प्रश्नको उत्तरमा प्रधानमन्त्री खानले कास्मिरको प्रसंग पनि उठाएका छन् । उनले भने, ‘विश्वको सबभन्दा शक्तिशाली राष्ट्र भएकोले संयुक्त राज्य अमेरिकाको ठूलो जिम्मेवारी छ। संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावका अनुसार काश्मिरका जनताले आफ्नो भविष्यको निर्णय गर्ने प्रस्ताव राख्नुपर्ने थियो। तर यो भएको छैन । यदि अमेरिकीहरुसंग दृढ संकल्प र इच्छा छ भने यो समस्या हल गर्न सकिन्छ।’

खानले कास्मिरलाई भारतले अवैध रूपले कब्जा गरेको दाबी गर्दै कास्मिरी जनतालाई पश्चिमी देशले वेवास्ता गरेकोमा खेद व्यक्त गरे । प्रधानमन्त्री खानले कास्मिरका लाखौं मानिसलाई हजारौंको संख्यामा रहेका भारतीय सेनाले खुला जेलको रुपमा राखेका छन् । उनले अहिलेसम्म एक लाख कश्मीरी मारिएको दाबी गरे ।

प्रधानमन्त्री खानले आफ्नो देशसँग रहेका आणविक हतियारहरु प्रतिरक्षाका लागि मात्र प्रयोग हुने स्पष्ट पारे । उनले कास्मिर समस्या समाधान हुने वित्तिकै भारत र पाकिस्तान दुबै मुलुकले आणविक हतियार राख्न नपर्ने जिकिर गरे ।

प्रधानमन्त्री खानले चीन पाकिस्तानको सबैभन्दा असल र ठूलो मित्र भएको स्पष्ट पारे । उनले आफ्नो मुलुकको अर्थतन्त्र संकटपूर्ण अवस्थामा पुगेको समयमा चीनले नै उद्दार गरेको बताए ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ४ : ४१ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष