७ श्रावण २०८३, बिहिबार | July 23, 2026

पाकिस्तानले अफगानिस्तान विरुद्ध अमेरिकालाई आफ्नो क्षेत्र प्रयोग गर्न नदिने



पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तान विरुद्ध प्रयोग गर्न अमेरिकालाई आफ्नो देशको कुनै पनि भूभाग नदिने स्पष्ट पारेका छन् ।

अमेरिकी टेलिभिजन एचबीओ एक्जियोजलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री खानले आफ्नो कुनै पनि सैनिक अखडा या भूभाग प्रयोग गर्न अमेरिकालाई नदिने स्पष्ट पारेका हुन् ।

अफगानिस्तानभित्र २० वर्ष भन्दा लामो असफल युद्ध लडेको अमेरिकाले त्यहाँबाट आफ्ना सेना फिर्ता गर्दैछ । तर, पाकिस्तानी भूमि प्रयोग गरेर अफगानिस्तानका तालिवान विरुद्ध आक्रमण गर्ने अमेरिकी योजना सार्वजनिक भएपछि पाकिस्तान घोषित रुपमा त्यस नीति विरुद्ध खडा भएको हो ।

अन्तर्वार्तामा प्रधानमन्त्री खानले भनेका छन्, ‘अमेरिकी युद्धमा सामेल हुँदा पाकिस्तानका ७० हजार भन्दा बढीको मृत्यु भएको छ । हामीले सबैभन्दा बढी यातना भोगेका छौं । अब हामी इलाकाबाट कुनै पनि सैन्य कारवाहीलाई अनुमति दिन सक्दैनौं । हामी द्वन्द्वमा होइन शान्तिमा साझेदार बन्नेछौं ।’

प्रधानमन्त्री खानले अमेरिकीहरूले अफगानिस्तान छोड्नुअघि त्यहाँ राजनीतिक सम्झौता हुनै पर्नेमा जोड दिएका छन्। उनले भने, ‘राजनीतिक समाधान नहुँदा गृहयुद्धको सम्भावना छ र अफगानिस्तान पछि सबैभन्दा बढी पीडित देश पाकिस्तान नै हुनेछ।’

अफगानिस्तान युद्धका कारण त्यहाँका ३० लाख भन्दा बढी नागरिकले पाकिस्तानमा शरणार्थी जीवत बिताइरहेका छन् ।

एक प्रश्नको उत्तरमा प्रधानमन्त्री खानले कास्मिरको प्रसंग पनि उठाएका छन् । उनले भने, ‘विश्वको सबभन्दा शक्तिशाली राष्ट्र भएकोले संयुक्त राज्य अमेरिकाको ठूलो जिम्मेवारी छ। संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावका अनुसार काश्मिरका जनताले आफ्नो भविष्यको निर्णय गर्ने प्रस्ताव राख्नुपर्ने थियो। तर यो भएको छैन । यदि अमेरिकीहरुसंग दृढ संकल्प र इच्छा छ भने यो समस्या हल गर्न सकिन्छ।’

खानले कास्मिरलाई भारतले अवैध रूपले कब्जा गरेको दाबी गर्दै कास्मिरी जनतालाई पश्चिमी देशले वेवास्ता गरेकोमा खेद व्यक्त गरे । प्रधानमन्त्री खानले कास्मिरका लाखौं मानिसलाई हजारौंको संख्यामा रहेका भारतीय सेनाले खुला जेलको रुपमा राखेका छन् । उनले अहिलेसम्म एक लाख कश्मीरी मारिएको दाबी गरे ।

प्रधानमन्त्री खानले आफ्नो देशसँग रहेका आणविक हतियारहरु प्रतिरक्षाका लागि मात्र प्रयोग हुने स्पष्ट पारे । उनले कास्मिर समस्या समाधान हुने वित्तिकै भारत र पाकिस्तान दुबै मुलुकले आणविक हतियार राख्न नपर्ने जिकिर गरे ।

प्रधानमन्त्री खानले चीन पाकिस्तानको सबैभन्दा असल र ठूलो मित्र भएको स्पष्ट पारे । उनले आफ्नो मुलुकको अर्थतन्त्र संकटपूर्ण अवस्थामा पुगेको समयमा चीनले नै उद्दार गरेको बताए ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ४ : ४१ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी