१९ असार २०८३, शुक्रबार | July 3, 2026

१५ दिनभित्र लिखित जवाफ पेश गर्न जसपा ठाकुर पक्षलाई निर्वाचन आयोगको निर्देशन



काठमाडौं । जनता समाजवादी पार्टी जसपाको अध्यक्ष महन्थ ठाकुर पक्षलाई आधिकारिता दाबीका लागि प्रमाणसहित जवाफ पेश गर्न निर्वाचन आयोगले १५ दिने सूचना जारी गरेको छ।

आयोग जसपाको विवाद निरुपणको क्षेत्रमा प्रवेश गर्दै महन्थ पक्षलाई १५ दिनभित्र आधिकारिकताको दाबी गर्न सूचना प्रकाशित गरेको हो । यसअघि आयोगले जसपाका दुवै पक्षले एकअर्का विरुद्ध गरेको कारवाहीलाई अस्वीकार गर्दै पुरानै पदाधिकारी कायम रहने निर्णय गरेको थियो । तर, केन्द्रीय कार्यकारिणीको बहुमत रहेको अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकताका लागि दाबी गरेपछि आयोग विवाद निरुपणको क्षेत्रमा प्रवेश गरेको हो । यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ को खण्ड ९ग० बमोजिम विवाद निरुपण गर्न यही असार ४ गते निवेदन दर्ता गरेको थियो । निवेदनमा यादव पक्षले दलका पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिता सम्बन्धी विवादको निरुपण गर्न आग्रह गरेको थियो ।

यही निवेदनमाथि आफ्नो लिखित दाबी पेश गर्न आयोगले महन्थ ठाकुर पक्षलाइृ १५ दिनको समय दिएको हो ।

यसअघि ठाकुर पक्षले गत पुषमा बसेको केन्द्रीय कार्यकारिणीको बैठकको निर्णय भन्दै आयोगमा २० जना कार्यकारिणी सदस्यहरु हेरफेर गरेको पत्र बुझाएको थियो । सो पत्र जालसाझी र दण्डनीय भएको भन्दै यादव पक्षले विज्ञप्ति जारी गरेको थियो ।

 

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ५ : ०७ बजे

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई

बोपुङको वासिङ पहिरो : बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास

राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमा छलफल

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आज अपराह्न १ः१५ बजे हुने

मुहानमा बाढी पसेपछि मेलम्चीको पानी आपूर्ति बन्द

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौं उपत्यकामा

रोमाञ्चक खेलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा

काठमाडौं । इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको निर्णायक