१६ बैशाख २०८१, आइतबार | April 28, 2024

१५ दिनभित्र लिखित जवाफ पेश गर्न जसपा ठाकुर पक्षलाई निर्वाचन आयोगको निर्देशन



काठमाडौं । जनता समाजवादी पार्टी जसपाको अध्यक्ष महन्थ ठाकुर पक्षलाई आधिकारिता दाबीका लागि प्रमाणसहित जवाफ पेश गर्न निर्वाचन आयोगले १५ दिने सूचना जारी गरेको छ।

आयोग जसपाको विवाद निरुपणको क्षेत्रमा प्रवेश गर्दै महन्थ पक्षलाई १५ दिनभित्र आधिकारिकताको दाबी गर्न सूचना प्रकाशित गरेको हो । यसअघि आयोगले जसपाका दुवै पक्षले एकअर्का विरुद्ध गरेको कारवाहीलाई अस्वीकार गर्दै पुरानै पदाधिकारी कायम रहने निर्णय गरेको थियो । तर, केन्द्रीय कार्यकारिणीको बहुमत रहेको अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकताका लागि दाबी गरेपछि आयोग विवाद निरुपणको क्षेत्रमा प्रवेश गरेको हो । यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ को खण्ड ९ग० बमोजिम विवाद निरुपण गर्न यही असार ४ गते निवेदन दर्ता गरेको थियो । निवेदनमा यादव पक्षले दलका पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिता सम्बन्धी विवादको निरुपण गर्न आग्रह गरेको थियो ।

यही निवेदनमाथि आफ्नो लिखित दाबी पेश गर्न आयोगले महन्थ ठाकुर पक्षलाइृ १५ दिनको समय दिएको हो ।

यसअघि ठाकुर पक्षले गत पुषमा बसेको केन्द्रीय कार्यकारिणीको बैठकको निर्णय भन्दै आयोगमा २० जना कार्यकारिणी सदस्यहरु हेरफेर गरेको पत्र बुझाएको थियो । सो पत्र जालसाझी र दण्डनीय भएको भन्दै यादव पक्षले विज्ञप्ति जारी गरेको थियो ।

 

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ५ : ०७ बजे

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

काठमाडौं । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा

मे १ देखि नेपालीलाई चीन जाँदा भिसा शुल्क नलाग्ने

काठमाडौं । चीनले आफ्नो देश प्रवेश गर्न चाहने नेपाली नागरिकसँग

बझाङमा मतगणना सुरू

बझाङ । बझाङमा मतगणना सुरू भएको छ । बझाङको छबिसपाथिभरा