१७ बैशाख २०८१, सोमबार | April 29, 2024

मनसुनपछिको विपदमा २० जनाको मृत्यु, ८०६ को उद्धार



काठमाडौं । मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार उक्त अवधिमा २१ बेपत्ता र २० जना घाइते भएका छन् । अन्य ८०६ जनाको उद्धार भएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए ।

बाढीपहिरो र डुबानमा परी सिन्धुपाल्चोकमा २० र बाजुरामा एक घाइते भएका छन् । पहिरो तथा बाढीका कारण बन्द विभिन्न स्थानका सडक प्रहरीले चालु गराएको छ । वर्षाका कारण जुम्ला, कास्की, बैतडीलगायत स्थानमा आज पहिरो गई अवरोध भएको सडक हटाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बाढीका कारण २१० घर डुबानमा परेका छन् । सात सय ४८ घरका तीन हजार २५८ जना विस्थापित भएका छन् । विपद्मा ६३० पशु चौपाया मरेका छन् ।

उक्त घटनाबाट प्रभावित स्थानमा भएको क्षति न्यूनीकरण र उद्धारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारी, सेना तथा सशस्त्र प्रहरी सक्रिय छन् ।

जोखिममा रहेका विभिन्न जिल्लाका व्यक्तिलाई सुरक्षित स्थानमा राख्ने, पहिरामा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने तथा अवरोध सडक हटाउने कामसमेत जारी रहेको जनाइएको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ९ : ३५ बजे

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।