२० बैशाख २०८१, बिहिबार | May 2, 2024

जेष्ठ नागरिकलाई तत्काल दोस्रो डोज खोप उपलब्ध गराउन सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं । सर्वोच्च अदालतले ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई तत्काल दोस्रो डोज खोप लगाउने व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश ईश्वर खतिवडाको इजलासले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका जेष्ठ नागरिकहरुले दोस्रो डोज खोप तत्काल लगाउन पाउनुपर्ने भन्दै सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले सरकारका नाममा कारण देखाउ आदेश समेत जारी गरेको छ ।

पहिलो डोज खोप लगाएका दुई जना जेष्ठ नागरिकले सोमबार दोस्रो डोज खोप लगाउन पाउनुपर्ने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

काभ्रेका ७५ वर्षीय अर्जुनराज गिरीले सरकार विरुद्ध रिट दायर गरेका थिए । गत फागुनमा पहिलो डोज लगाएका उनीले चार महिना वित्दा पनि दोस्रो डोज खोप लगाउन नपाएपछि सर्वोच्चको शरणमा पुगेका थिए ।

भारतबाट ल्याइएको कोभिसिल्ड खोपको पहिलो डोज लगाएका ६५ वर्षमाथिका साढे १३ लाख जेष्ठ नागरिकले दोस्रो डोज खोप लगाउन पाएका छैनन् । कोभिशिल्ड खोपको पहिलो डोज लगाएकाले ८ देखि १२ हप्तासम्म दोस्रो डोज लगाइसक्नुपर्छ । निर्धारित समयमा दोस्रो डोज लगाउन ढिला हुन गएमा पहिलो डोजले मात्र काम गर्न सक्दैन । त्यतिबेला पहिलो डोज निस्प्रभावि बन्छ । तर, जेष्ठ नागरिकले पहिलो डोज लगाएको १२ हप्ता कटिसकेको छ ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  २ : ५४ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई

अव पहुँचका आधारमा कसैलाई माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने

नेपालगन्ज । गृहमन्त्री रबी लामिछानेले पहुँचका आधारमा कसैलाई माफी मिनाहा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं । बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा

सूचना-प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना-प्रविधि क्षेत्रको विस्तारका