२५ चैत्र २०८२, बुधबार | April 8, 2026

ओलीको भ्याकेट निवेदन : अन्तरिम आदेश खारेज गर्न सर्वोच्चद्वारा अस्वीकार



काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेशका एमालेका चार जना प्रदेशसभा सांसदहरुलाई पदमुक्त नगर्न यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गर्न अस्वीकार गरेको छ ।

न्यायाधीसद्वय आनन्दमोहन भट्टराई र हरि फुयाँलको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिने या नदिने विषयमा निर्णय गर्नुअघि दुवै पक्षसँग छलफल गर्नुपर्ने भन्दै चार सांसदलाई भ्याकेटबारे सूचना दिने आदेश दिएको छ ।

चार सांसदको पक्षमा जारी गरेको अन्तरिम आदेश विरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको भ्याकेट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीसद्वय भट्टराई र फुयाँलको इजलासले दुवै पक्षलाई छलफलमा बोलाएको हो ।

एमालेको दशौं महाधिवेशन आयोजक कमिटीले गरेको कारवाही अमान्य भएको जिकिर गर्दै सर्वोच्च पुगेका चार सांसदको पक्षमा सर्वोच्चले यसअघि अन्तरिम आदेश जारी गरेको थियो । तर, त्यसविरुद्ध भ्याकेट परेपछि आज भएको सुनुवाइमा इजलासले दुवै पक्षसँग छलफल गरेपछि अन्तरिम आदेशलाई निरन्तरता दिने या नदिनेबारेमा निर्णय हुने जनाएको छ ।

कर्णाली प्रदेश सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरवहादुर थापालाई एमालेले ह्वीप उल्लंघनमा कारवाही गरेपछि उनीहरु सर्वोच्चमा गएका थिए । त्यसपछि सर्वोच्चका न्यायाधीस प्रकाशकुमार राउतको एकल इजलासले पदबहालीमै रहने अन्तरिम आदेश जारी गरेको थियो । सो आदेशको थप व्याख्या गर्दै मालेको दशौं महाधिवेशन आयोजक कमिटीले मान्यता पाउन नसक्ने उल्लेख गरिएको थियो । त्यसपछि कर्णाली प्रदेशसभा सचिवायलले पुनर्वहाली भएका सांसदहरुका लागि प्रदेशसभामा बस्न प्रतिपक्षी दलको बेञ्च बनाइदिएको थियो । यद्यपी, प्रदेश सरकारमा रहेका तीन जना मन्त्रीहरु भने अहिलेसम्म प्रतिपक्षी दलको बेञ्चमा बस्न मानेका छैनन् ।

यता, ओली भ्याकेटमा गएसँगै पार्टीभित्र ओली पक्ष र माधव नेपाल पक्षबीच हुँदै आएको अनौपचारिक वार्ता पनि प्रभावित भएको छ । दशौं महाधिवेशनलाई आयोजक कमिटीलाई सुरुदेखि अस्वीकार गर्दै आएको माधव पक्षले ओलीको भ्याकेट निवेदन पार्टी एकता विरोधी गतिविधिको अर्को रुप भएको टिप्पणी गरेको छ । नेता नेपालले सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले इमान्दारितापूर्वक पार्टी एकता गर्न नचाहेको टिप्पणी गरेका छन् ।

 

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ३ : ३७ बजे

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनासँग नेपालका

सुदूरपश्चिममा दश प्रतिशतले बढ्यो गरिबी

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले

चितवनबाट बुटवल ल्याइएको बोडीमा उच्च विषादी, १२० केजी नष्ट

बुटवल । बुटवलस्थित बुटवल कृषि उपज थोक बजार केन्द्रमा बिक्रीका

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान : १३ ओटा मोटरसाइकल ग्यारेजमा सचेतना सुरु (फोटो फिचरसहित)

बुटवल । बुटवल प्रहरीले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान

देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री