५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

कर्णाली प्रदेशका सांसद पुनर्वहाली विरुद्ध केपी ओलीको भ्याकेट निवेदनमाथि सर्वोच्चमा आज सुनुवाइ



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भ्याकेट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुनेभएको छ ।

कर्णाली प्रदेशका चार सांसदलाई पदमुक्त गर्ने नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि अध्यक्ष ओली भ्याकेटमा गएका थिए । ओलीसँगै कर्णाली प्रदेशसभा सचिवालयले पनि भ्याकेट निवेदन दिएको थियो ।

अन्तरिम आदेश खारेज गर्न भ्याकेटमा गएका ओलीको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले अर्को पक्षलाई सूचना दिन भनेको थियो ।

न्यायाधीसद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदीको इजलासमा निवेदनमाथि सुनुवाइ गरी आज सो भ्याकेटको पेशी चढेको छ ।

एमाले कर्णाली प्रदेशसभा संसदीय दलको ह्वीप उल्लंघन गरेपछि सो पार्टीका चारजना सांसद प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरवहादुर थापा र कुर्मराज शाहीलाई पार्टीले पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्र पठाएको थियो । सोही पत्रका आधारमा प्रदेशसभा सचिवालयले चार सांसदको पद खारेज गरेपछि उनीहरु त्यसविरुद्ध सर्वोच्च अदालतमा गएका थिए ।

सर्वोच्चका न्यायाधीस प्रकाशिमानसिंह राउतको एकल इजलासले अन्तरिम आदेश जारी गर्दै एमालेको दशौं महाधिवेशन आयोजक कमिटी नै अवैध भएको ठहर गरेको थियो । र, सो कमिटीले गर्ने कारवाही बदर गरेर ती सांसदहरुलाई पुनर्वहाली गर्न आदेश दिएको थियो ।

एमालेले सर्वोच्चको आदेश पालना गर्दै दशौं महाधिवेशन आयोजक कमिटी भंग गरेको छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ११ : १९ बजे

आईसीसी विश्वकप छनोटको प्लेअफ नेपालमा हुने

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गतको प्लेअफ प्रतियोगिता नेपालमा

साउदी अरबको तेल क्षेत्रमा ड्रोन आक्रमण हुँदा एक नेपालीसहित दुईको मृत्यु

काठमाडौं । साउदी अरबको तेल क्षेत्रमा ड्रोनलाई हवाई रक्षा प्रणालीले

तनहुँ हाइड्रोको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ प्रदर्शन गरिँदै

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’

दशैँ टीकाको दोस्रो दिन, आज पनि मान्यजनबाट टीका-जमरा ग्रहण गरिँदै

बुटवल । बडादसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा