२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

कोपा अमेरिका : बराबरीमा रोकिए पेरु र इक्वेडर



काठमाडौं । कोपा अमेरिकाअन्तर्गत बिहीबार बिहान सम्पन्न खेलमा पेरु र इक्वेडर बराबरीमा रोकिएका छन ।

ब्राजिलको स्टेडियो ओलम्पिको पेड्रो लुडोभिकोमा सम्पन्न समूह ’बी’ को खेलमा पेरु र इक्वेडरले २-२ गोलको बराबरी खेलेका हुन ।

पहिलाे हाफमै गरेको २ गोलको अग्रता जोगाउन नसक्दा इक्वेडर बराबरीमा रोकिएको हो ।

खेलको २३ औं मिनेटमा पेरुका खेलाडी रेनाटो टापिआको आत्मघाती गोलमा अग्रता बनाएको इक्वेडरले त्यस्तै पहिलो हाफको इन्ज्युरी समयमा अग्रता दोब्बर बनाएको थियो । इक्वेडरका ऐर्टोन प्रिसिआडोले गोल गर्दै खेल २-० को स्थितिमा पुर्याएको थिए ।

दास्रो हाफको सुरुवातमै पेरुका लागि जिआनलुका लापडुलाले गोल गरे । खेलको ५४ औं मिनेटमा आन्द्रे करिल्लोले गोल थप्दै खेल बराबरीमा ल्याए। त्यसपछि दुबै टिमले थप गोल गर्न सकेनन् र खेल २-२ को बराबरीमा रोकियो ।

बराबरीसँगै तीन खेलबाट ४ अंक जोडेको पेरु तेस्रो तथा समान खेलबाट दुई अंक जोडेको इक्वेडर तालिकाको चौथो स्थानमा छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ७ : ०६ बजे

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने

बुटवलमा वामपन्थी दलहरुबारे विचार गोष्ठी हुँदै, भीम रावल प्रमुख वक्ता

बुटवल । संविधान दिवसका दिन शनिबार बुटवलमा वर्तमान राजनैतिक परिस्थितीमा

बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम

काठमाडौँ । हिमालय क्षेत्रमा तीव्र गतिमा बढिरहेको तापक्रमले नेपालजस्ता विकासोन्मुख