२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

आज देशभरका सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दै



काठमाडौं । देशभरका सबै स्थानीयले तहले आज आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दैछन् । अधिकांश पालिकाले आजै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेर बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट आ-आफ्नो सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था गरेको छ ।

प्रदेशले बजेट सार्वजनिक गरेपछि स्थानीय तहले पनि बजेट सार्वजनिक गर्ने प्रचलन छ । स्थानीय तहले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र विनियोजित ऐनसमेत सभामा पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने व्यवस्था छ ।

सङ्घीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र सबै स्थानीय सरकारले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।

तर स्थानीय तहका प्रतिनिधिले भने प्रदेशले बजेट सार्वजनिक गरेको १० दिनभित्र बजेट सार्वजनिक गर्न कठिनाई भएको गुनासो गर्दै आएका छन् ।

स्थानीय तहलाई सङ्घीय र प्रदेश सरकारले समानीकरण अनुदान, समपुरक, राजस्व बाँडफाँटबाट प्राप्त अनुदान, विशेष र ससर्त अनुदान शीर्षकमा बजेट उपलब्ध गराइसकेका छन् ।

यस पटकको स्थानीय तहको बजेट पनि सङ्घीय र सबै प्रदेश सरकारले प्राथमिकतामा राखेको स्वास्थ्य क्षेत्र नै हुने जनाइएको छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ८ : ४८ बजे

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक

चट्याङ लागेर बालकको मृत्यु

अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका-७ मेलकाटिया निवासी कमल भण्डारीका

उपप्रधानमन्त्री यादव स्वदेश फिर्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त

हमासले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव

काठमाडौं । हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको