७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

विपक्षी गठबन्धन आजबाट सडक संघर्षमा, संघर्षका कार्यक्रम बनाउन कार्यदल गठन



विपक्षी गठबन्धन आजबाट सडक संघर्षमा, संघर्षका कार्यक्रम बनाउन कार्यदल गठनकाठमाडौं । पाँच विपक्षी गठबन्धन आजबाट सरकारको विरुद्ध सडक प्रदर्शनमा जाने भएको छ ।

बहुमत सांसदको हस्ताक्षर पुग्दा पनि राष्ट्रपतिले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री नबनाएर केपी ओलीलाई नै निरन्तरता दिँदै प्रतिनिधिसभा विघटन गरेपछि विपक्षी दलहरु गठबन्धन बनाएर आन्दोलनमा छन् । प्रधानमन्त्रीले एकपछि अर्को असंवैधानिक र स्वेच्छाचारी कदम चालेको भन्दै विपक्षी दलहरु

प्रतिनिधिसभा विघटन गरेलगत्तै कानूनी र सडक संघर्ष गर्ने घोषणा गरेका दलहरुले कोरोना नियन्त्रणका लागि लगाईंदै आएको निषेधाज्ञामा छुट गरिएसँगै सडक प्रदर्शनमा उत्रिने भएका हुन् । बुधबार साँझ बसेको गठबन्धनको बैठकले सरकारको विरुद्ध सडक संघर्षमा उत्रिने निस्कर्ष निकालेको थियो । कोरोना संक्रमण र प्राकृतिक विपत्ति समेत कम भएपछि सडक संघर्षमा उत्रिने निर्णय गरिएको गठबन्धनका नेताहरुले बताएका छन् ।

संघर्षका कार्यक्रम बनाउन कांग्रेसका पूर्णबहादुर खड्का, माओवादीका देव गुरुङ, एमालेका भीम रावल, जसपाका राजेन्द्र श्रेष्ठ सम्मिलित कार्यदल बनाइएको छ ।

गठबन्धनकै निर्णयअनुसार आज सरकार विरूद्ध ५ विद्यार्थी संगठन सडकमा उत्रिने भएका छन् । गठबन्धनका दल निकट विद्यार्थी संगठनहरुले आज दिउँसो ३ बजे देशभर सरकारको असंवैधानिक कदमका विरुद्ध प्रदर्शन गर्ने जनाएका छन् । भौतिक दूरी कायम राखेर कम उपस्थितिमा प्रभावकारी प्रदर्शन गर्ने उनीहरुले बताएका छन् ।

 

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ९ : १४ बजे

म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि

काठमाडौं । म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधि जितेको छ ।

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा

तनहुँ । तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति भीषण

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिदैँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत

आजको मौसम : कोशी, मधेश र लुम्बिनीमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ