१९ असार २०८३, शुक्रबार | July 3, 2026

विपक्षी गठबन्धन आजबाट सडक संघर्षमा, संघर्षका कार्यक्रम बनाउन कार्यदल गठन



विपक्षी गठबन्धन आजबाट सडक संघर्षमा, संघर्षका कार्यक्रम बनाउन कार्यदल गठनकाठमाडौं । पाँच विपक्षी गठबन्धन आजबाट सरकारको विरुद्ध सडक प्रदर्शनमा जाने भएको छ ।

बहुमत सांसदको हस्ताक्षर पुग्दा पनि राष्ट्रपतिले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री नबनाएर केपी ओलीलाई नै निरन्तरता दिँदै प्रतिनिधिसभा विघटन गरेपछि विपक्षी दलहरु गठबन्धन बनाएर आन्दोलनमा छन् । प्रधानमन्त्रीले एकपछि अर्को असंवैधानिक र स्वेच्छाचारी कदम चालेको भन्दै विपक्षी दलहरु

प्रतिनिधिसभा विघटन गरेलगत्तै कानूनी र सडक संघर्ष गर्ने घोषणा गरेका दलहरुले कोरोना नियन्त्रणका लागि लगाईंदै आएको निषेधाज्ञामा छुट गरिएसँगै सडक प्रदर्शनमा उत्रिने भएका हुन् । बुधबार साँझ बसेको गठबन्धनको बैठकले सरकारको विरुद्ध सडक संघर्षमा उत्रिने निस्कर्ष निकालेको थियो । कोरोना संक्रमण र प्राकृतिक विपत्ति समेत कम भएपछि सडक संघर्षमा उत्रिने निर्णय गरिएको गठबन्धनका नेताहरुले बताएका छन् ।

संघर्षका कार्यक्रम बनाउन कांग्रेसका पूर्णबहादुर खड्का, माओवादीका देव गुरुङ, एमालेका भीम रावल, जसपाका राजेन्द्र श्रेष्ठ सम्मिलित कार्यदल बनाइएको छ ।

गठबन्धनकै निर्णयअनुसार आज सरकार विरूद्ध ५ विद्यार्थी संगठन सडकमा उत्रिने भएका छन् । गठबन्धनका दल निकट विद्यार्थी संगठनहरुले आज दिउँसो ३ बजे देशभर सरकारको असंवैधानिक कदमका विरुद्ध प्रदर्शन गर्ने जनाएका छन् । भौतिक दूरी कायम राखेर कम उपस्थितिमा प्रभावकारी प्रदर्शन गर्ने उनीहरुले बताएका छन् ।

 

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ९ : १४ बजे

रुपन्देहीका बिभिन्न स्थानबाट सुनको सिक्री लूटपाट गर्ने ५ जना पक्राउ

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुबाट फरक फरक मितिहरुमा सुनका

एक महिनामा मुस्ताङ भित्रिए ८० हजार विदेशी पर्यटक

मुस्ताङ । सन् २०२६ को जुन महिनामा ८० हजार २५३

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ

आज २५ अर्बको ऋणपत्र जारी हुँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु २५ अर्ब बराबरको

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई