२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

अफगानिस्तानको शान्ति स्थापनामा सहयोग गर्न विश्वसमुदायलाई पाकिस्तानको आग्रह



इस्लामावाद । पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरैशीले अफगानिस्तानमा शान्ति स्थापना गर्न विश्व समुदायलाई आग्रह गरेका छन् ।

बेलायतका दक्षिण एशिया एवं राष्ट्रमण्डल राज्यमन्त्री लर्ड तारिक अहमदसँग इस्लामावादमा भएको बैठकमा विदेशमन्त्री कुरैशीले बेलायत लगायत विश्व समुदायलाई अफगानिस्तानमा शान्ति स्थापनाका लागि उचित भूमिका निभाउन आग्रह गरेका हुन् ।

कुरैशीले विदेशी सेना फिर्तासँगै अफगानिस्ताको आन्तरिक अवस्था निकै संवेदनशील चरणमा प्रवेश गरेको बताए । उनले पाकिस्तानले अफगानिस्तानमा शान्ति स्थापनालाई आर्थिक र क्षेत्रीय स्थायित्वका लागि आवश्यक ठान्ने स्पष्ट पारे । यस्तै सम्पूर्ण क्षेत्र र अफगानिस्तानमा पनि शान्तिको लागि आफ्नो प्रयास जारी राख्न कटिबद्ध रहेको उनले बताए ।

बैठकमा कोभिड १९ को स्थिति, द्विपक्षीय सम्बन्धको प्रवर्द्धन र पाकिस्तान र बेलायतबीच विभिन्न क्षेत्रहरुमा सहयोगको बारेमा समेत छलफल भएको थियो ।

विदेशमन्त्री कुरैशीले विश्वमा बढ्दो इस्लामोफोबियाप्रति पाकिस्तान चिन्तित भएको बताउँदै यस खतरालाई रोक्न संयुक्त रूपमा काम गर्नुपर्ने बताए । त्यसक्रममा उनले जम्मु कास्मिरमा अगष्ट २०१९ मा भारतको एकतर्फी कदमपछिको अवस्थाबारे जानकारी गराएको रेडियो पाकिस्तानले जनाएको छ ।

बेलायती मन्त्री लर्ड तारिक अहमदले बेलायतमा पाकिस्तानी समुदायको भूमिकाको प्रशंसा गरेका थिए । उनले क्षेत्रीय शान्ति स्थापनामा पाकिस्तानको भूमिकाको पनि सराहना गरेका थिए ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ११ : ५३ बजे

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा