७ श्रावण २०८३, बिहिबार | July 23, 2026

अफगानिस्तानको शान्ति स्थापनामा सहयोग गर्न विश्वसमुदायलाई पाकिस्तानको आग्रह



इस्लामावाद । पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरैशीले अफगानिस्तानमा शान्ति स्थापना गर्न विश्व समुदायलाई आग्रह गरेका छन् ।

बेलायतका दक्षिण एशिया एवं राष्ट्रमण्डल राज्यमन्त्री लर्ड तारिक अहमदसँग इस्लामावादमा भएको बैठकमा विदेशमन्त्री कुरैशीले बेलायत लगायत विश्व समुदायलाई अफगानिस्तानमा शान्ति स्थापनाका लागि उचित भूमिका निभाउन आग्रह गरेका हुन् ।

कुरैशीले विदेशी सेना फिर्तासँगै अफगानिस्ताको आन्तरिक अवस्था निकै संवेदनशील चरणमा प्रवेश गरेको बताए । उनले पाकिस्तानले अफगानिस्तानमा शान्ति स्थापनालाई आर्थिक र क्षेत्रीय स्थायित्वका लागि आवश्यक ठान्ने स्पष्ट पारे । यस्तै सम्पूर्ण क्षेत्र र अफगानिस्तानमा पनि शान्तिको लागि आफ्नो प्रयास जारी राख्न कटिबद्ध रहेको उनले बताए ।

बैठकमा कोभिड १९ को स्थिति, द्विपक्षीय सम्बन्धको प्रवर्द्धन र पाकिस्तान र बेलायतबीच विभिन्न क्षेत्रहरुमा सहयोगको बारेमा समेत छलफल भएको थियो ।

विदेशमन्त्री कुरैशीले विश्वमा बढ्दो इस्लामोफोबियाप्रति पाकिस्तान चिन्तित भएको बताउँदै यस खतरालाई रोक्न संयुक्त रूपमा काम गर्नुपर्ने बताए । त्यसक्रममा उनले जम्मु कास्मिरमा अगष्ट २०१९ मा भारतको एकतर्फी कदमपछिको अवस्थाबारे जानकारी गराएको रेडियो पाकिस्तानले जनाएको छ ।

बेलायती मन्त्री लर्ड तारिक अहमदले बेलायतमा पाकिस्तानी समुदायको भूमिकाको प्रशंसा गरेका थिए । उनले क्षेत्रीय शान्ति स्थापनामा पाकिस्तानको भूमिकाको पनि सराहना गरेका थिए ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ११ : ५३ बजे

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा सीमापार विद्युत् व्यापारबाट

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी

शिक्षामन्त्री पोखरेलले एजुकेसन कन्सल्टेन्सी सञ्चालकहरुसँग छलफल गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन