१७ बैशाख २०८१, सोमबार | April 29, 2024

प्रतिनिधिसभा विघटन मुद्दा : संवैधानिक इजलासमा सुनुवाइ जारी



काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि आज पनि संवैधानिक इजलासमा बहस जारी छ ।

शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिटमाथि निरन्तर बहसको क्रममा दोस्रो दिनको बहस सुरु भएको छ।

आज पनि रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठसहितका अधिवक्ताहरुले बहस गर्दैछन् । बुधबार वरिष्ठ अधिवत्ता शम्भु थापा, वरिष्ठ अधिवक्ता महादेव यादव, बद्रीबहादुर कार्की, गोविन्द बन्दी र खम्बबहादुर खातीले बहस गरेका थिए ।

सुरुमा १२ घण्टाको समय पाएका रिट निवेदक पक्षले भोलिसम्म बहस सक्ने योजना बनाएका छन् । हिजो बहस गर्नेहरुले १४९ जना सांसदको हस्ताक्षरसहित धारा ७६ को ५ अनुसार दाबी पेश गर्दा पनि राष्ट्रपतिले अस्वीकार गरेर असंवैधानिक काम गरेको जिकिर गरेका थिए ।

उनीहरुले राष्ट्रपतिलाई प्रतिनिधिसभाभित्र हुने फ्लोर टेस्ट गर्ने अधिकार नभएको जिकिर गर्दै एमाले वा माओवादीका तत्तले सांसदले भोट हाल्न नपाउने भन्ने तपाईं को भन्दै राष्ट्रपतिलाई प्रश्न गरेका थिए ।

रिट निवेदकका तर्फबाट बहस सकिएपछि विपक्षी सरकार पक्षका कानून व्यवसायीहरुले १५ प्रतिरक्षा बहस गर्नेछन् । विपक्षीका तर्फबाट सभामुख अग्निप्रसाद सापकोटाका वकिलहरुले पनि बहस गर्नेछन् । विपक्षीको बहस सकिएपछि पुनः रिट निवेदक पक्षका वकिलहरुले थप ३ घण्टा बहस गर्नेछन् भने एमीकस क्यूरीका चार जनाले २ घण्टा बहस गर्नेछन् ।

कानुन व्यवसायीले वकालातनामा दर्ता गराएका छन्।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  १२ : ११ बजे

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।

बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार २४९ मतले अगाडी

बझाङ । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा