२२ बैशाख २०८१, शनिबार | May 5, 2024

४८ औं स्थापना दिवसमा औषधी व्यावसायी संघ रुपन्देहीद्धारा रक्तदान कार्यक्रम सम्पन्न



बुटवल । नेपाल औषधि व्यावसायी संघले ४८ औं स्थापना दिवसको अवसरमा रुपन्देही शाखामा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

संघका संस्थापक अध्यक्ष स्व. पुष्पलाल राजभण्डारीको तस्बिरमा महासंघका निबर्तमान केन्द्रिय अध्यक्ष बाबुराम भट्टराईले विहिबार टीका तथा पुष्प गुच्छा अर्पण गरि रक्तदान कार्यक्रम शुभारम्भ गरेका थिए ।

पेशाको संवेदशिल प्रति सबै व्यावसायीहरु बुझनुपर्ने भन्दै उनले कोभिड-१९ संक्रमणको अहिलेको समयमा पनि अग्रपंतिमा रहेर व्यावसायीहरुबाट योगदान दिएको बताए ।

संघका कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक गणेश प्रसाद सेढाईले नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा ५६ युनिट रगत संकलन भएको बताए ।

नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले सामरिक, आर्थिक, ब्यवसायीक, पर्यटकिय पहिचान बनाएको रुपन्देही पछिल्लोसमय सामाजिक क्षेत्रमा योगदान दिने रुपमा पनि अग्रसर रहेको बताए । संघका अध्यक्ष सुरज भट्टराईले व्यावसायी हितसंगै सामाजिक उत्तरदायित्व बहनमा आफुहरु निरन्तर लागेको बताए ।

मानव जिवनको महान दानमध्येमा रक्तदान सबैभन्दा पूण्य दान भएको भन्दै युवाहरुको अग्रसरता जरुरी रहेको बताए । कोभिड संक्रमणको जटिल परिस्थितिमा पनि रुपन्देहीका रक्तदाताहरुबाट देशकै लागि महत्वपूर्ण योगदान पुर्याएको उनले बताए ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ९ : १४ बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै