६ पुस २०८२, आइतबार | December 21, 2025

माओवादी त्यागेर एमाले बनेका १४ जनप्रतिनिधि पदमुक्त (सूचीसहित)



काठमाडौं । नेकपा (माओवादी केन्द्र) छाडेर नेकपा (एमाले)मा गएका १४ जना जनप्रतिनिधि पदमुक्त भएका छन ।

शुक्रबार निर्वाचन आयोगले सूचना प्रकाशित गरी उनीहरूको पद रिक्त भएको जनाएको छ । माओवादी छाडेर एमालेमा गएका दुई जना मेयर, पाँच जना उपमेयरसहित १४ जनप्रतिनिधिलाई माओवादीले हटाएको थियो ।

माओवादी केन्द्रको असार ७ गते बसेको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी त्यसको जानकारी निर्वाचन आयोगलाई गराएको थियो । आयोगले माओवादीको सिफारिशमा उनीहरूको पद रिक्त भएको आज सूचना जारी गरेको हो ।

माओवादीले हटाएका जनप्रतिनिधिमा रौतहट मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र रौतहटकै कटहरिया नगरपालिकाका मेयर सियारामप्रसाद कुशवाहाको रहेका छन ।

त्यस्तै, रौतहटकै देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी, मौलापुर नगरपालिकाका उपप्रमुख गौरीशंकर प्रसाद, फतुवाविजयपुर नगरपालिकाकी उपप्रमुख कान्ति देवी, माधवनारायण नगरपालिकाकी उपप्रमुख सिमलकुमारी साह र कैलाली भजनी नपाकी उपप्रमुख छायाँदेवी देवकोटालाई पनि हटाइएको छ ।

हटाइएका १४ जनप्रतिनिधि :

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ८ : ३७ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा