१२ असार २०८३, शुक्रबार | June 27, 2026

कोपा अमेरिका : पाराग्वेसँग चिली २-० गोलले पराजित



काठमाडौं । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा चिली पराजित भएको छ । बिहीबार बिहान सम्पन्न खेलमा पाराग्वेले चिलीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

पाराग्वेका लागि ब्रायन सामुडियो र मिगुएल अल्मिरोनले गोल गरे । खेलको ३३ औं मिनेटमा सामुले गोल गर्दै पाराग्वेलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ५८ औं मिनेटमा मिगुएलले पेनाल्टीमा गोल गर्दै पाराग्वेलाई २-० को जित दिलाए ।

जितसँगै समूह ’ए’ को पाराग्वेले ३ खेलबाट ६ अंक जोडेको छ । पाराग्वे यस अघि नै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

हारसँगै चिलीले समूहको शीर्ष स्थानमा उक्लने मौकाभने गुमाएको छ । ४ खेल खेलेको चिलीको ५ अंक छ । तेस्रो स्थानको चिलीले यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ८ : ४७ बजे

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३