७ आश्विन २०८३, बुधबार | September 23, 2026

कांग्रेस महाधिवेशन : निधि, कोइराला र सिंहबीच महाराजगन्जमा छलफल



काठमाडौं । नेपाली कांग्रेसमा वैकलल्पिक नेतृत्वको दाबी गरेका नेताहरुबीच आज पनि छलफल भएको छ ।

कांग्रेस उपभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच आज पनि छलफल भएको हो ।

१४औं महाधिवेशनमा पार्टी सभापति पदका दावेदार निधि, कोइराला र सिंहबीच तीन जनामध्ये एकजनामा सहमति गर्नेगरी छलफल भएको हो । यसअघि पनि तीनै जना नेताबीच छलफल भएको थियो ।

सभापतिमा वर्तमान सभापति शेरबहादुर देउवाले पुनः उम्मेवदवार बन्ने घोषणा गरेका छन् । तर, आफ्ना निकट सहयोगी निधिले आफु पनि सभापतिमा उठ्ने निर्णय गरेपछि देउवा दबाबमा परेका छन् ।

दोस्रो पुस्ताका तीन नेताहरुबीच कुनै एकजनालाई सभापतिमा उठाउने सहमति भएमा त्यसले कांग्रेसमा हाल कायम रहेका मुख्य गुटलाई समेत प्रभावित पार्नेछन् । किनकी, हालसम्म कोइराला र सिंह रामचन्द्र पौडेल गुटमा रहेका छन् भने निधि संस्थापन गुटमा रहेका छन् । नेतात्रयबीच महाधिवेशनसम्मै छलफल गर्ने सहमति भएको छ ।

आजै वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आफु निकट नेताहरुको बैठक राखेका छन् । दिउँसो १ बजे बस्ने बैठकमा महाधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ । कांग्रेसको १४औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म हुँदैछ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  १२ : ५४ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज