७ श्रावण २०८३, बिहिबार | July 23, 2026

अफगानिस्तानमा शान्ति स्थापनाका लागि सबथोक गर्छौ : इमरान खान



पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा लामो समयदेखि चल्दै आएको हिंसात्मक संघर्ष अन्त्यका लागि आफ्नो देशले सैनिक कारवाहीबाहेक अन्य सबथोक गर्ने बताएका छन् ।

प्रधानमन्त्री खानले हालै न्यूयोर्क टाइम्सलाई दिएको एक अन्तर्वातमा पाकिस्तानले तालिवानलाई अमेरिका र अफगान सरकारसँग वार्ताको टेबलमा ल्याउन मेहनत गरेको बताए ।

आगामी दिनमा पाकिस्तानले अफगानिस्तानका जनताद्वारा चुनिएको सरकालाई मात्रै मान्यता दिने पनि स्पष्ट पारे ।

अमेरिका सितको सम्बन्धबारे सोकिएको प्रश्नमा खानले अमेरिकासँग सभ्य सम्बन्ध बनाउन चाहेको स्पष्ट पारे । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताभएपछि अमेरिकासँग व्यापारिक सम्बन्ध स्थापित गर्न चाहेको पनि उनले बताए ।

प्रधानमन्त्री खानले छिमेकी भारतसँगको सम्बन्ध पनि सुधार गर्न चाहेको बताए । उनले भारतीय प्रधानमन्त्रीसँग सम्बन्ध सुधार गर्न चाहे पनि सफल नभएको स्वीकार गरे । हिन्दु राष्ट्रवादी आरएसएसको विचारधारा भारतसँगको सम्बन्ध स्थापित गर्नका लागि पर्खाल बनेको उनले जिकिर गरे ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  १ : ५३ बजे

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा सीमापार विद्युत् व्यापारबाट

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी

शिक्षामन्त्री पोखरेलले एजुकेसन कन्सल्टेन्सी सञ्चालकहरुसँग छलफल गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन