२३ बैशाख २०८१, आइतबार | May 5, 2024

अफगानिस्तानमा शान्ति स्थापनाका लागि सबथोक गर्छौ : इमरान खान



पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा लामो समयदेखि चल्दै आएको हिंसात्मक संघर्ष अन्त्यका लागि आफ्नो देशले सैनिक कारवाहीबाहेक अन्य सबथोक गर्ने बताएका छन् ।

प्रधानमन्त्री खानले हालै न्यूयोर्क टाइम्सलाई दिएको एक अन्तर्वातमा पाकिस्तानले तालिवानलाई अमेरिका र अफगान सरकारसँग वार्ताको टेबलमा ल्याउन मेहनत गरेको बताए ।

आगामी दिनमा पाकिस्तानले अफगानिस्तानका जनताद्वारा चुनिएको सरकालाई मात्रै मान्यता दिने पनि स्पष्ट पारे ।

अमेरिका सितको सम्बन्धबारे सोकिएको प्रश्नमा खानले अमेरिकासँग सभ्य सम्बन्ध बनाउन चाहेको स्पष्ट पारे । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताभएपछि अमेरिकासँग व्यापारिक सम्बन्ध स्थापित गर्न चाहेको पनि उनले बताए ।

प्रधानमन्त्री खानले छिमेकी भारतसँगको सम्बन्ध पनि सुधार गर्न चाहेको बताए । उनले भारतीय प्रधानमन्त्रीसँग सम्बन्ध सुधार गर्न चाहे पनि सफल नभएको स्वीकार गरे । हिन्दु राष्ट्रवादी आरएसएसको विचारधारा भारतसँगको सम्बन्ध स्थापित गर्नका लागि पर्खाल बनेको उनले जिकिर गरे ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  १ : ५३ बजे

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ