१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

मर्स्याङ्दीको धारलाई पुरानै लयमा फर्काउन मुश्किल



मनाङ । जिल्ला सदरमुकाम चामेस्थित मोटरेवल पुललाई जोगाउन हम्मे हम्मे भएको छ । मस्र्याङ्दी नदीको धारलाई पुरानै लयमा फर्काउन नसकिँदा अहिले पुल जोगान मुश्किल भएको हो ।

अहिले जेसिबीको प्रयोगबाट नदीलाई पुरानो धारतर्फ पठाउन प्रयास भने जारी छ । सो नदीले बगाएर ल्याएका काठ पुलमा अड्किदा पानी रोकिएर नयाँ धार बनाएर बगेको छ ।

वर्षा भइरहेकाले पानीको सतह कम नहुँदा जेसिबी प्रयोग गर्न मुश्किल भएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए । “नदीले धेरै भौतिक संरचनामा क्षति पु(याएको छ, त्यसैले मेसिन प्रयोग गरेर पुरानो धारतर्फ धकेल्ने प्रयास गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट तेल मगाइयो । पेत त आइपुग्यो । काम गर्न सकिएको छैन” ,उनले भने, “पानी पर्न रोकिएको छैन, नदीको सतह उस्तै छ, पुल बचाउन र बस्ती बचाउन साह्रै गाह्रो भयो ।”

मन्त्रालयले बाढीपहिरोका कारण अवरुद्ध बेसीशहर-चामे सडक तत्काल खुलाउन माताहतका निकायलाई निर्देशन दिएको छ । मेसिन चलाउन इन्धन अभाव भएकाले नेपाली सेनाको हेलिकोप्टरमार्फत इन्धन चामे ल्याइएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । नदीको धारलाई परिवर्तन गराउन उपकरण प्रयोग गर्न कठीन भएको उनले बताए । निरन्तरको वर्षाले पानीको सतह नघट्दा उपकरण प्रयोग गर्न र पुलमा अड्किएको काठहरुले गर्दा पानी छिर्न नपाएर धार फेरिएको उनको भनाइ छ ।

“सडक सञ्जालका लागि उपयोगी बनेको पुल बाढी आउँदा भने समस्याको जड बनेको छ, कसरी समस्या समाधान गर्ने भन्ने भएको छ । ” उनले भने । उक्त सडक खण्डमा भएको क्षतिको विस्तृत अध्ययन गर्न सेना र सडक विभागको प्राविधिक टोली आएपनि प्रतिकूल मौसमले साथ दिएको छैन । बाढी पहिरोका कारण बेसीशहर–चामे सडक अवरुद्ध हुदाँ जिल्ला सडक सञ्जालबाट पूर्ण रुपमपा विच्छेद भएको छ । गत ३१ जेठ रातिदेखि परेको अविरल वर्षाका कारण पूरै सडक खण्ड अवरुद्ध भएका थिए ।

अहिले सडक विभागले बेसीशहरदेखि १८ किलोमिटरसम्म बाटो खुलाएको छ भने बाँकी अवरुद्ध खण्डको हटाउने प्रयास जारी छ । विघटित प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङ, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल, न सेनाका प्रतिनिधि, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका बीच छलफल भएको थियो ।

मनसुन शुरुभएदेखि आएको बाढीपहिरोका कारण आएको विपद् हाल माथिल्लो मनाङतर्फ देखिएको स्थानीय बताउँछन् । बाढीपहिरोको प्रभाव शुरुआती चरणमा जिल्लाको तल्लो भागमा बढी देखिएको थियो भने हाल आएर माथिल्लो भागमा देखिएको छ । अहिले हुम्डे, पिसाङ, माथिल्लो मनाङमा बस्तीहरुमा क्षति पु¥याउदै गएको जनाइएको छ ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ८ : ४६ बजे

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर । होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक

प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे मध्यरातमै पदभार ग्रहण

काठमाडौं । प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले बुधबार

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन । यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व

कांग्रेसको १५ औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको