१५ बैशाख २०८१, शनिबार | April 27, 2024

प्रतिनिधिसभा विघटन मुद्दा : रिट निवेदकको बहस सकियो, सोमबारदेखि विपक्षीले बहस गर्ने



काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ आज पनि जारी रह्यो ।

सुनुवाइका क्रममा रिट निवेदक शेरबहादुर देउवासहित १४६ सांसदहरुको तर्फबाट सुनवाइ सकिएको छ । सुरुवाती चरणमा १२ घण्टाको समय पाएका रिट निवेदकहरुका तर्फबाट वरिष्ठ वकिलहरुसहित कैयौं वकिलहरुले बहस गरेका छन् ।

रिट निवेदकको तर्फबाट बसह गर्ने वकिलहरुले संविधानको धारा ७६ को उपधारा ५ अनुसार दाबी गरेका शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिनुपर्ने माग गरेका छन् । बहसकर्ता वकिलहरुले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई असंवैधानिक ढंगले काखी मात्र च्यापिरहेको आरोप लगाएका छन् । उनीहरुले धारा ७६५अनुसार प्रधानमन्त्रीमा समर्थन गरेका सांसदलाई दलीय ह्वीप लाग्न नसक्ने तर्क गरेका छन् ।

इजलासमा प्रधानन्यायाधीस चालेन्द्र शमशेर जबराले दिइएको १२ घण्टाको समय सकिएको बताएपछि अब बहस गर्ने पालो विपक्षीको सुरु भएको छ । विपक्षी बनाइएका राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, र सभामुख अग्निप्रसाद सापकोटा लगायतको बहस सोमबारबाट सुरु हुने भएका छ ।

प्रधानन्यायाधीश जबराले इजलासमा यसबारे जानकारी दिँदै विपक्षीलाई १५ घण्टाको समयमा आफ्नो बहस सकाउन भनेका छन् । विपक्षीको बहस सकिएपछि चार जना एमीकस क्यूरीले दुई घण्टामा बहस गर्नेछन् । त्यसपछि पुनः रिट निवेदकका कानून व्यवसायीले प्रतिउत्तर बहस गर्नेछन् । बहसको यो चरण सकिएपछि मुद्दाको अन्तिम निर्णय इजलासले गर्नेछ ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ३ : ५२ बजे

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै

सभापति देउवाद्वारा उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा धन्यवाद ज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम

इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो

इलाम । इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा

आचारसंहिता उलंघन गरेपछि रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि कारवाही थाल्दै आयोग

काठमाडौं । इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन