१५ बैशाख २०८१, शनिबार | April 27, 2024

विपक्षी गठबन्धनले डाक्टर, इन्जिनियर, प्रोफेसर र वरिष्ठ अधिवक्तासँग अन्तर्क्रिया गर्दै



काठमाडौं । विपक्षी गठबन्धनले आज समाजमा विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरुसँग अन्तर्क्रिया गर्दैछन् ।

दिउँसो २ बजे डाक्टर, इन्जिनियर, प्रोफेसर र वरिष्ठ अधिवक्ताहरूसँग गठबन्धनका शीर्ष नेताले अन्तर्क्रिया गर्न लागेका हुन् ।

अन्तक्र्रिया कार्यक्रम संसदभवनको ल्होत्से हलमा हुने भएको छ । आज नागरिक समाजका अगुवा, लेखक बुद्धिजीविहरुसँग अन्तर्क्रिया गर्ने भनिएको भएपनि त्यसलाई बुधारबार सारेर डाक्टर इन्जिनियर, प्रोफेसर र वरिष्ठ अधिवक्ताहरुसँग अन्तर्क्रिया हुन लागेको हो ।

अन्तर्क्रियामा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राजमो उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताको सहभागिता हुनेछ ।

यसअघि गठबन्धनले संचारमाध्यमका सम्पादक र राजनीतिक बिटमा काम गर्ने संचारकर्मीहरुसँग अलगअलग अन्तर्क्रिया गरिसकेका छन् ।

प्रतिनिधिसभा विघटन विरुद्ध कानूनी र राजनीतिक संघर्षमा उत्रिने निर्णय गरेको गठबन्धनले केही दिन अघि संघर्षको कार्यक्रमकै स्वरुपमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग अन्तर्क्रिया गर्ने घोषणा गरेको थियो ।

सर्वोच्च अदालतमा गठबन्धनका नेता शेरबहादुर देउवा सहित १४६ सांसदले दायर गरेको रिटमाथि सुनुवाइ भैरहेको छ । अदालतमा सुनुवाइ जारी रहेका बेला गठबन्धनले प्रतिनिधिसभा विघटन विरुद्ध निरन्तर दबाब बढाउँदै गएको छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ११ : ४२ बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म