७ आश्विन २०८३, बुधबार | September 23, 2026

माधव नेपाललाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न मलाई बहुला कुकुरले टोकेको छ र ? : ओली



काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न आफुलाई बहुला कुकुरले नटोकेको टिप्पणी गरेका छन् ।

मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा नेता नेपालमाथि खनिँदै ओलीले नेपाललाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न आफुलाई बहुला कुकुरले टोकेको हुनुपर्ने बताएका हुन् । ओलीले नेपाल प्रचण्डको पुच्छर भएको आरोप लगए ।

दुई दिन अघि नेता नेपालले संचारकर्मीहरुसँगको अन्तक्र्रियामा आफुलाई फकाउन प्रधानमन्त्रीको प्रस्ताव आएको भन्दै आफुले सहयात्री दललाई धोका नदिने बताएका थिए । त्यसैको प्रतिवाद गर्दै ओलीले आज नेपाल प्रचण्डको मामुली कार्यकर्ता भएको आरोप लगाए । ओलीले भने, ‘माधव नेपाल भनेको प्रचण्डको मामुली कार्यकता हुन् । तर धाक के लगाएर हिँडेका छन् भने केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो ? मलाई बहुला कुकुरले टोकेको छ र ? नेपालमा कोही नभेट्टाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला।’’

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  १ : ४७ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज