२१ मंसिर २०८२, आइतबार | December 7, 2025

कोपा अमेरिका : अर्जेन्टिनाद्वारा बोलिभिया पराजित



काठमाडौं । जारी कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले बोलिभियालाई पराजित गरेको छ ।

मंगलबार बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले बोलिभियालाई ४-१ गोल अन्तरले हराएको हो ।

अर्जेन्टिनालाई जित दिलाउने क्रममा लियोनल मेस्सीले दुई गोल गरे भने अलेजान्ड्रो गोमेज र लौटारो मार्टिनेजले एक/एक गोल गरे । खेलको छैटौं मिनेटमै गोमेजको गोलमा अग्रता बनाएको अर्जेन्टिनाले पहिलो हाफमा थप दुई गोल गरेको थियो । मेस्सीले खेलको ३३ औं र ४२ औं मिनेटमा गोल गरेका थिए ।

खेलको ६० औं मिनेटमा इर्विन सावेद्राको गोलको मद्दतले बोलिभिया खेलमा फर्कन खोजे पनि पर्याप्त बनेन । खेलको ६५ औं मिनेटमै मार्टिनेजले गोल गर्दै खेल ४-१ को स्थितिमा पुर्याए । त्यसपछि कुनै टोलीबाट गोल हुन सकेन ।

जितसँगे समुह एको अर्जेन्टिना ४ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ । बोलिभिया भने अंक विहिन हुँदै तालिकाको पुछारमा छ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ९ : ३२ बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न