५ पुस २०८२, शनिबार | December 20, 2025

प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आज पनि सरकार पक्षको बहस जारी रहने



काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आज पनि सरकार पक्षको बहस जारी रहने छ । सोमबार महान्यायाधिवक्ता रमेश बडालले सरकारी पक्षको नेतृत्व गर्दै तीन घण्टाभन्दा बढी बहस गरेका थिए भने आज बाँकी १० जनाले सरकारको कदमको बचाउ गर्दै बहस गर्नेछन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा आज नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेले दुई घण्टा बहस गर्नेछन् भने अर्का नायब महान्यायाधिवक्ता विश्वराज कोइरालाले २० मिनेट तथा । नायब महान्यायाधिवक्ता टेकबहादुर घिमिरले पनि २० मिनेट बहस गर्नेछन् । त्यसैगरि आज अर्का नायब महान्यायाधविक्ता श्यामकुमार भट्टराईले १० मिनेट र सहन्यायाधिवक्ता गोपालप्रसाद रिजालले १५ मिनेट बहस गर्नेछन् ।

सरकारी पक्षबाटै सहन्यायाधिवक्ता सञ्जीवरा रेग्मीले ३० मिनेट बहस गर्नेछन् । अर्का सहन्यायाधिवक्ता लोकराज पराजुलीका लागि १५ मिनेट सहन्यायाधिवक्ता खेमराज्ञ ज्ञवाली र उदपप्रसाद पुडासैनीका लागि १०(१० मिनेट बहस गर्ने समय निर्धारण भएको छ ।

आइतबार रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ सकिएको थियो । निवेदक पक्षलाई १२ घण्टाको समय दिइएको थियो । उक्त समयमा रिट निवेदकका तर्फबाट ३६ कानून व्यवसायीले बहस गरेका थिए ।

सरकारी पक्षको बहसपछि सभामुखका कानून व्यवसायीले एक घण्टाको सयम पाउनेछन् । रिटमा विपक्षी बनाईएको भएपनि सभामुखको बहसकर्ताले भने रिट निवेदकहरुलाई सहज हुने गरि बहस गर्ने अनुमान गरिएको छ । त्यसपछि निवेदक पक्षले जवाफ दिनेछन् । जवाफ सकिएपछि अदालतको सहयोगी (एमीकस क्युरी) का तर्फबाट इजलासमा राय प्रस्तुत हुने छ । त्यसपछि फैसला हुनेछ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  १० : १३ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य