१७ बैशाख २०८१, सोमबार | April 29, 2024

प्रधानन्यायाधीसले राखे जिज्ञासा : विश्वासको मत प्राप्त गरेको नगरेको घोषणा त संसदबाट हुने होला नि



काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज पनि संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।

सरकार पक्षका वकिलहरुले आज बहस गरिरहेका छन् । आजको पहिलो बहस नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले गरिरहेका छन् । दुई घण्टा समय पाएका पाण्डेयले प्रधानमन्त्रीले विश्वासको मत पाउन नसक्ने पक्का भएपनि धारा ७६को ४ अनुसार विश्वासको मत नलिएको बताएका छन् । उनले भने, ‘विश्वासको मत नपाउने अवस्था भएपछि नलिनुभएको हो ।’

पाण्डेयले पहिले नै टेस्टेड भैसकेको हुनाले प्रधानमन्त्रीले विश्वासको मत लिन नचाहेको जिकिर गरे । त्यसअघि प्रधानन्यायाधीस चोलेन्द्र शमशेर राणाले विश्वासको मत प्राप्त गरेको र नगरेको घोषणा त सांसदबाट हुने होला नि भन्दै प्रश्न गरेका थिए । राणाले पाण्डेयलाई सोधे, ‘यो प्रक्रिया छल्न पाइन्छ र ? यसको घोषणा गर्ने त संसदले होला नि।’

हिजोबाट सरकार पक्षबाट बहस सुरु भएको हो । हिजो महान्यायाधिवक्ता रमेश बडालले ३ घण्टा २० मिनेट बहस गरेका थिए । उनले शेरबहादुर देउवाले जालसाझी गरेर प्रधानमन्त्रीमा दाबी गरेको आरोप लगाएका थिए ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  १२ : ४२ बजे

४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।

लगानी सम्मेलन : पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

काठमा । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक(निजी

बझाङमा रोचक प्रतिस्पर्धा, फेरि अघि लागे एमालेका भण्डारी

काठमाडौं। बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ