२० असार २०८३, शनिबार | July 4, 2026

माधव नेपालसहित ११ नेताबाहेक सबै नेताहरुलाई एमाले बैठकमा निम्ता



काठमाडौं । नेकपा एमाले दशौं महाधिवेशन आयोजक कमिटीको बैठक भोलि बुधबार बस्दैछ । बैठकमा माधवकुमार नेपाल समुहका नेताहरुलाई पनि निम्ता पठाइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नेपाल पक्षका नेताहरुलाई बोलाइए पनि नेपालसहित ११ जना नेतालाई भने बोलाइएको छैन ।

नवौं महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय कमिटी सदस्यहरुलाई निमन्त्रणा पठाइएको कार्यालय सचिव शेरबहादुर तामाङले बताएका छन् ।

नेता नेपाल, झलनाथ खनाल, भीम रावलसहित ११ जना नेतालाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेका छन् ।

महाधिवेशन आयोजक कमिटीको बैठकले सो कमिटी खारेज गर्दै जेठ २, २०७५ को पूर्ववत कमिटी पुनर्स्थापित गर्ने बताइएको छ । माधव नेपाल समुहले जोडदार रुपले उठाउँदै आएको एमालेको पूर्ववत कमिटीकै बैठक बोलाउँदा सो समुहका सबै नेताहरु उपस्थित हुने ओली पक्षको बुझाइ रहेको छ ।

तर, सोमबार मात्रै नेता माधवकुमार नेपाललाई निम्नस्तरको गाली गरेर ओलीले सो समुह प्रतिको दृष्टिकोण भने प्रष्ट पारेका छन् । सर्वोच्च अदालतले दशौं महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि बाध्यतावस पूर्ववत कमिटीको बैठक बोलाउन बाध्य भएको नेपाल पक्षको बुझाइ रहेको छ । ओली यसरी बैठक बोलाएपनि तत्कालै सोही बैठकमार्फत पुनः महाधिवेशन आयोजक कमिटीमा सदस्यहरु थपेर पहिले जस्तै बनाउने सो समुहले आशंका गरेको छ ।

 

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ६ : २५ बजे

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा

हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७

मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकार मुलुकलाई फाइनान्सिएल एक्सन

नेपाल आउने विदेशी पर्यटक बढे

काठमाडौं । नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री लम्साल, ५ पुल निर्माण गर्न निर्देशन

मुस्ताङ । राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने बेनी-जोमसोम-कोरला सडक आयोजनाको प्रगति