१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

लोक सेवा आयोगको रोकिएको परीक्षा साउन १५ देखि सञ्चालन गर्ने तयारी



काठमाडौं । लोक सेवा आयोगले कोरोना महामारीका कारण रोकिएका सम्पूर्ण परीक्षा साउन १५ गतेदेखि सञ्चालन गर्ने तयारी गरेको छ ।

आयोगमा पदाधिकारी नियुक्त भएपछि स्थगित भएका सम्पूर्ण परीक्षा सञ्चालनको तयारी गरिएको हो । हालै सम्पन्न आयोग पदाधिकारीको बैठकले यसअघि रोकिएका सबै परीक्षा परीक्षा साउन १५ देखि असोज २५ गतेसम्म सक्ने निर्णय गरेको हो ।

यसअघि सूचना प्रकाशित गरेर पनि कतिपय परीक्षा स्थगित भएका थिए । आयोग पदाधिकारीविहीन हुँदा पनि परीक्षा सञ्चालनमा कठिडनाइ भएको थियो । पदाधिकारी नियुक्ति भएपछि सहज हुने बताइएको छ ।

आयोगले चालू आर्थिक वर्षको सबै विज्ञापन वार्षिक कार्यतालिकाअनुसार नियमित रूपमा गरेको थियो । विज्ञापन भए पनि सम्पूर्ण परीक्षा स्थगित भएका थिए। गत आर्थिक वर्ष २०७६/७७ मा समेत खरिदारको विज्ञापन प्रकाशन भई परीक्षा सञ्चालन हुन बाँकी थियो ।

स्वास्थ्यसम्बन्धी मापदण्ड र संक्रमणकालीन विशेष अवस्थामा परीक्षा ९सञ्चालन तथा व्यवस्थापन०सम्बन्धी मापदण्ड, २०७७ पालना गरी परीक्षा सञ्चालन गरिने आयोगले जनाएको छ ।

यसअघि आयोगका ११ वटा विज्ञापन विविध कारणले रोकिएका छन ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ६ : ३४ बजे

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै

सदनमा देखिने छन् अधिकांश नयाँ विधायक

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा आज पद तथा गोपनीयताको शपथ लिने

लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट

बुटवल । यहाँको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सेवा तथा सुविधाका

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

काठमाडौँ । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४

मातृभाषामा शपथ खाने साँसदहरुको संख्या ६३ पुग्यो

काठमाडौं । संघीय संसद अन्तर्गत नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरु मध्य ६३