४ पुस २०८२, शुक्रबार | December 20, 2025

सिराहामा असार ३१ गतेसम्म निषेधाज्ञा थप



सिराहा । सिराहामा निषेधाज्ञाको समय १६ दिन थप गरिएको छ । जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै निषेधाज्ञाको समय असार ३१ गते राति १२ बजेसम्म थप गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले असार १५ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाइएकामा जोखिम अझ कम नभएकाले निषेधाज्ञालाई असार ३१ गतेसम्म लम्ब्याउने निर्णय गरेको जानकारी दिए ।

उनका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ र संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जिल्लाभर निषेधाज्ञा लगाइएको छ ।

यद्यपि स्वास्थ्य सुरक्षाका मापदण्ड कायम गरी निषेधाज्ञाका बेला सैलुन र होटलबाहेकका पसल, व्यवसाय बिहान ९ देखि दिउँसो १ बजेसम्म खोल्न दिने निर्णय भएको प्रजिअ कँणेलले बताए । सिराहामा गत वैशाख २३ गतेदेखि निरन्तर निषेधाज्ञा जारी छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ९ : २९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको