१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

मुक्तिनाथको झल्को दिने गरी कृत्रिम हिमाल निर्माण



तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिकामा प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ क्षेत्रमा रहेको हिमालको जस्तो झल्को दिने गरी कृत्रिम हिमाल निर्माण गरिएको छ ।

डिभिजन वन कार्यालय तनहुँद्वारा शुक्लागण्डकी-२ स्थित च्यवनधाम परिसरमा मुक्तिनाथको जस्तै कृत्रिम हिमाल निर्माण गरिएको हो ।

च्यवनधाम परिसरमा १०८ धारा निर्माण गरी धारामाथि माछापुच्छ्रे, धौलागिरि, अन्नपूर्णलगायतका हिमालको आकृति कुँदेर रमणीय स्थल निर्माण गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए ।

धाम परिसर क्षेत्रमा सौन्दर्य अभिवृद्धि तथा पर्यटकीयस्थलका रुपमा विकास गर्नका लागि कृत्रिम हिमाल निर्माण गरिएको हो । उनले भने, “यस कार्यका लागि गण्डकी प्रदेश सरकारको रु २० लाख आर्थिक सहयोग रहेको छ भने स्थानीय तहको १० प्रतिशत लागत सहभागिता रहेको छ ।”

कृत्रिम हिमशृङ्खला र १०८ धारा निर्माण पछि ‘‘मिनी मुक्तिनाथ’’ उपनामले परिचित बन्दै गएको मुक्तिनाथ-शुक्लागण्डकी च्यवनधामका अध्यक्ष सुमेन्द्र लालचन बताए । विसं २०६५ मा नदी किनारमा रहेको यो जग्गा पहुँचवालाले अधिग्रहण गरी २३ रोपनी जमीनमा बस्ती बसाउन खोजेपछि स्थानीय बासिन्दाको सक्रियतामा धाम निर्माण गरिएको उनले जानकारी दिए ।

सार्वजनिक जमीनको संरक्षण गरी पर्यटकीयस्थलको पूर्वाधार निर्माण गर्न सबै क्षेत्रबाट सहयोग मिलेको धामका सचिव दुर्गादत्त सापकोटा बताए। सेती नदीको किनारमा तपोभूमि क्षेत्र भएकाले धार्मिक तीर्थस्थल बनाउने उद्देश्यअनुरूप पूर्वाधार निर्माणको लागि खर्च जुटाउन तीन वर्षअघि महायज्ञ गरी रु एक करोड ५० लाख सङ्कलन गरिएको थियो ।

सङ्कलित रकमबाट मन्दिरमा पूर्वाधार निर्माणको कार्य अघि बढाइएको हो । उनले भने, “च्यवनधाम परिसरमा अहिले आकर्षक शुक्लेश्वर महादेवको मन्दिर निर्माण गरिएको छ । मन्दिरको छानो तामाको राखिएको छ ।”

शुक्लेश्वरको आसपासमा सूर्य नारायण, लक्ष्मी नारायण, दुर्गा भवानी, गणेशको मन्दिरलगायतका संरचना छन् । मुक्तिनाथको जस्तै झल्को दिने गरी १०८ धारा, १०८ ओमकार कल्पवृक्ष, १०८ शिवलिङ्ग, मोक्षकुण्ड, वृद्धाश्रम, पार्कलगायतका संरचना निर्माण गरिएको छ ।

च्यवनधाम परिसरमा बौद्ध गुम्बा पनि रहेको छ । एक अर्काको धर्मलाई सम्मान गर्नुपर्छ भन्ने उद्देश्यले गुम्बा निर्माण गरिएको हो । एक दशकको अवधिमा रु तीन करोडभन्दा बढी पूर्वाधार निर्माणमा लगानी भइसकेको समितिले जनाएको छ ।

सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको संयुक्तरूपमा बजेट उपलब्ध गराउँदै आएका छन् । च्यवनधाममा पूर्वाधार थप्दै गएपछि आन्तरिक पर्यटकको उत्कृष्ट गन्तव्यस्थल बन्ने विश्वास गरिएको छ । धाम क्षेत्रमा मिनी चिडियाखाना बनाउने दीर्घकालीन योजना रहेको समितिका उपाध्यक्ष अर्जुन लम्सालले बताए । रासस

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ११ : ४६ बजे

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै

सदनमा देखिने छन् अधिकांश नयाँ विधायक

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा आज पद तथा गोपनीयताको शपथ लिने

लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट

बुटवल । यहाँको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सेवा तथा सुविधाका