१९ असार २०८३, शुक्रबार | July 3, 2026

एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा जारी



काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक अन्तिम बैठक बालुवाटारमा सुरु भएको छ ।

सर्वोच्चच अदालतले दशौं महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि जेठ २, २०७५ को केन्द्रीय कमिटीमा फर्किन बाध्य भएको एमालेले सो आयोजक कमिटीको खारेज गर्नेगरी अन्तिम बैठक बसेको हो । यही बैठकले औपचारिक रुपमा आयोजक कमिटी खारेज गरी नेकपा माओवादीकेन्द्रसँग पार्टी एकता गर्नुअघि ३९ जना सदस्य थप गरेर बनाइएको २४१ सदस्यीय केन्द्रीय कमिटी बैठक कायम गर्न लागेको हो ।

आजको बैठकमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित कारवाहीमा परेका ११ जनाबाहेक अन्य सबै सदस्यलाई बोलाइएको छ । तर, माधव नेपाल पक्षका नेताहरु भने बैठकमा उपस्थित भएका छैनन् ।

नेपाल पक्षले नवौं महाधिवेशनबाट निर्वाचित २०३ सदस्यीय केन्द्रीय कमिटीको बैठक बोलाउनुपर्ने बताउँदै आएको छ ।

सर्वोच्च अदालतले नेकपाको एकता खारेज गर्दै एमाले ब्यँुताइदिएपछि गत फागुन २८ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले दशौं महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए ।

 

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  १२ : ५० बजे

‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशको प्रशासनिक कार्यकुशलता र सुशासनलाई

रुपन्देहीका बिभिन्न स्थानबाट सुनको सिक्री लूटपाट गर्ने ५ जना पक्राउ

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुबाट फरक फरक मितिहरुमा सुनका

एक महिनामा मुस्ताङ भित्रिए ८० हजार विदेशी पर्यटक

मुस्ताङ । सन् २०२६ को जुन महिनामा ८० हजार २५३

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ

आज २५ अर्बको ऋणपत्र जारी हुँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु २५ अर्ब बराबरको