२५ चैत्र २०८२, बुधबार | April 9, 2026

गठबन्धनका नेताहरुद्वारा नागरिक अगुवाहरुसँग अन्तरक्रिया, ओली प्रवृत्ति खतरनाक भएको ठहर



काठमाडौं । प्रतिनिधिसभा विघटन गराउने सरकार विरुद्ध आन्दोलनमा रहेका विपक्षी गठनबन्धनका नेताहरुले बुधरबार नागरिक समाजका प्रतिनिधिहरुसँग अन्तक्र्रिया गरेका छन् ।

संसद भवनको ल्होत्से हलमा आयोजित अन्तक्र्रियामा शीर्ष नेताहरुले आफुहरुको गठबन्धन संविधान रक्षाको लागि भएको दाबी गरे ।
नेताहरुले राष्ट्र, लोकतन्त्र र संविधानको निम्ति ओली प्रवृत्ति घातक भएको बताए ।

माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली प्रवृत्ति परास्त गर्न नागरिक समाजसँग कार्यगत एकता भएको दाबी गरे ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली प्रवृति भ्रष्टाचारको पर्याय भएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म भ्रष्टाचार पनि गर्दिनँ, गर्न पनि दिन्नँ’ भन्ने ओलीकै पालामा सबैभन्दा बढी भ्रष्टाचार भएको दाबी गरे । उनले कमिशनका कारण खोप आउन नसकेको बताए । निवर्तमान स्वास्थ्यमन्त्रीले नै कमिसनका कारण खोप आउन नसकेको स्मरण गर्दै उनले प्रधानमन्त्रीको इच्छा विपरित कसैले कमिशन खान नसक्ने जिकिर गरे ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले लोकतन्त्र, संविधानमाथि ओली प्रवृत्ति खतरनाक रहेको टिप्पणी गरे । उनले ओली प्रवृत्तिको पुनरावृत्ति कतै हुन नहुने धारणा राखे ।

नेता नेपालले आफूले मूल्यको राजनीति नछोड्ने प्रतिवद्धता जनाए । उनले आफु विधि, पद्धती र मूल्यको राजनीतिका लागि संघर्ष गरिरहेको जनाए ।

 

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ६ : २३ बजे

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास