७ पुस २०८२, सोमबार | December 22, 2025

गठबन्धनका नेताहरुद्वारा नागरिक अगुवाहरुसँग अन्तरक्रिया, ओली प्रवृत्ति खतरनाक भएको ठहर



काठमाडौं । प्रतिनिधिसभा विघटन गराउने सरकार विरुद्ध आन्दोलनमा रहेका विपक्षी गठनबन्धनका नेताहरुले बुधरबार नागरिक समाजका प्रतिनिधिहरुसँग अन्तक्र्रिया गरेका छन् ।

संसद भवनको ल्होत्से हलमा आयोजित अन्तक्र्रियामा शीर्ष नेताहरुले आफुहरुको गठबन्धन संविधान रक्षाको लागि भएको दाबी गरे ।
नेताहरुले राष्ट्र, लोकतन्त्र र संविधानको निम्ति ओली प्रवृत्ति घातक भएको बताए ।

माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली प्रवृत्ति परास्त गर्न नागरिक समाजसँग कार्यगत एकता भएको दाबी गरे ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली प्रवृति भ्रष्टाचारको पर्याय भएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म भ्रष्टाचार पनि गर्दिनँ, गर्न पनि दिन्नँ’ भन्ने ओलीकै पालामा सबैभन्दा बढी भ्रष्टाचार भएको दाबी गरे । उनले कमिशनका कारण खोप आउन नसकेको बताए । निवर्तमान स्वास्थ्यमन्त्रीले नै कमिसनका कारण खोप आउन नसकेको स्मरण गर्दै उनले प्रधानमन्त्रीको इच्छा विपरित कसैले कमिशन खान नसक्ने जिकिर गरे ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले लोकतन्त्र, संविधानमाथि ओली प्रवृत्ति खतरनाक रहेको टिप्पणी गरे । उनले ओली प्रवृत्तिको पुनरावृत्ति कतै हुन नहुने धारणा राखे ।

नेता नेपालले आफूले मूल्यको राजनीति नछोड्ने प्रतिवद्धता जनाए । उनले आफु विधि, पद्धती र मूल्यको राजनीतिका लागि संघर्ष गरिरहेको जनाए ।

 

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ६ : २३ बजे

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र