४ पुस २०८२, शुक्रबार | December 19, 2025

विदेशबाट फर्केर क्वारेन्टाइनमा नबस्ने र सम्पर्कमा पनि नआउनेहरुलाई कडा कारबाही गर्ने निर्णय



काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) को विश्व भर महामारी फैलिरहको समयमा चैत १ बाट नेपाल आएकाहरुलाई होम क्वारेन्टाइनमा बस्न अनिर्वाय गरिएको थियो । तर अहिले पनि धेरैले त्यसलाई पालना गरेका छैनन् । सरकारले विदेशबाट फर्केर क्वारेन्टाइनमा नबस्ने र सम्पर्कमा पनि नआउनेहरुलाई अब कारबाही गर्ने भएको छ ।

साथै पछिल्लो समय कोरोना भाइरस को संक्रमण देखिएकाहरुसँग विदेशबाट विमानमा यात्रा गरेकाहरु अझै पनि सरकारको सम्पर्कमा पनि आएका छैनन् । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले क्वारेन्टाइनमा नबस्ने तथा सरकारको सम्पर्कमा नआउनेहरुलाई कारबाही गर्ने निर्णय गरेको हो ।

संक्रमित भएर पनि लुकेर बस्ने, जति सम्पर्क गर्दा पनि नआउने प्रवृत्ति देखिएकाले संक्रमण रोग ऐनको दफाअनुसार कडा कैद सजाय गर्ने निर्णय भएको समिति सचिवालयका प्रवक्ता सचिव नारायण विडारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ५ : ५८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको