२८ असार २०८३, आइतबार | July 12, 2026

सडक सुरक्षा र गुरुयोजनाअनुसार आयोजना छनोट गर्ने : नवनियुक्त मन्त्री खत्रीको पहिलो निर्णय



दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्रीले पदबहालीसँगै सडक सुरक्षा तथा प्रादेशिक सडक सञ्जाल गुरुयोजना लाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०८३्८४ का कार्यक्रम तथा बजेट तर्जुमा गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

मन्त्रालयमा पदबहालीपछि मन्त्री खत्रीले सडक दुर्घटना न्यूनीकरण, सडक सुरक्षाको सुदृढीकरण तथा योजनाबद्ध पूर्वाधार विकासलाई केन्द्रमा राखेर प्रस्तुत गरिएको प्रस्ताव स्वीकृत गरेका हुन् । निर्णयअनुसार सडक पूर्वाधार विकास कार्यालयमार्फत दुर्घटना सम्भावित क्षेत्र (ब्ल्याक स्पट) सुधार, क्र्यास ब्यारियर निर्माणलगायतका सडक सुरक्षा संरचना निर्माण गरिनेछ । त्यसैगरी यातायात पूर्वाधार निर्देशनालयमार्फत विशेषज्ञ टोलीबाट सडक सुरक्षा परीक्षण (रोड सेफ्टी अडिट) सञ्चालन गरी सडकका प्राविधिक कमजोरी पहिचान तथा सुधारका कार्यक्रम अघि बढाइनेछ ।

मन्त्री खत्रीले आगामी आर्थिक वर्षको वार्षिक कार्यक्रम तय गर्दा सडक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्ने तथा प्रादेशिक सडक सञ्जाल गुरुयोजनामा समावेश भएका सडक तथा फागुनसम्म कायम आयोजनालाई आधार मानेर कार्यक्रम छनोट गर्ने निर्णय गरेका छन् । मन्त्रालयका अनुसार यस निर्णयले टुक्रे तथा न्यून प्रतिफल दिने आयोजनाको संख्या घटाई बजेटको प्रभावकारिता बढाउने, सडक पूर्वाधार विकासलाई योजनाबद्ध बनाउने तथा यात्रु सुरक्षालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  ५ : ५१ बजे

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली

गणेश नेपाली प्रकरण : सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास