७ पुस २०८२, सोमबार | December 22, 2025

बालुवाटारमा एमाले केन्द्रीय कमिटी बैठक बस्दै, वामदेव गौतम उपस्थित हुने



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा एमाले उपाध्यक्ष वामदेव गौतम उपस्थित हुने भएका छन्।

बालुवाटारमा बस्ने केन्द्रीय कमिटी बैठकमा गौतम सहभागी हुने उनको सचिवालयले जनाएको छ । बैठकमा भाग लिन गौतम बालुवाटार पुगिसकेका छन् ।

नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी स्वीकारेर बैठकमा सहभागी हुन पत्र पठाइएकाले गौतम बैठकमा सहभागी हुन लागेका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले आजको बैठकलाई एमालेको १३औं केन्द्रीय कमिटी बैठक बताएका छन् । दशौं महाधिवेशन आयोजक कमिटी गठन गरेपछि बोलाइएका दशौं एघारौं र बाह्रौं केन्द्रीय कमिटी बैठकमा माधवकुमार नेपाल पक्ष भने अनुपस्थित रहँदै आएको छ ।

गौतम गत पुष ५ गतेदेखि तत्कालिन नेकपा एवं नेकपा खारेज भैसकेपछि एमालेको विवादमा तटस्थ बस्दै आएका छन् । उनले पार्टी एकताका लागि आफ्नै ढंगले अभियान चलाइरहेका छन् ।

 

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ११ : ०५ बजे

माइतीघरमा ‘जेनजी’ प्रदर्शन, केही पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ‘जेनजी’ समूहले गरेको प्रदर्शनका क्रममा

किशोर हत्यामा संलग्नलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न बुटवल उद्योग बाणिज्य संघको माग

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले संघका सदस्य रमा पौडेल र

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको

निर्धारित मितिमै पार्टी महाधिवेशन अनिवार्य, अन्यथा विशेष महाधिवेशन : गगन थापा

काठमाडौँ, ७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ