२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

राष्ट्रियसभामा जसपा सांसदद्वारा सात वटा अध्यादेश अस्वीकारको सूचना दर्ता



काठमाडौं । राष्ट्रियसभामा जनता समाजवादी पार्टी जसपाका दुई सांसदले सरकारले ल्याएका विभिन्न सातवटा अध्यादेश अस्वीकारको सूचना दर्ता गरेका छन् ।

जसपाका सांसद मृगेन्द्रकुमार सिंह र प्रमिला कुमारीले संसद सचिवालयमा राष्ट्रियसभा नियमावली नियम ८९ बमोजिम शुक्रबा अध्यादेश अस्वीकृत गर्ने सूचना दर्ता गरेका हुन् ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा सरकारले विभिन्न अध्यादेशहरु दर्ता गराएको थियो । जसपाका सांसदहरुले संसद छलेर संविधान विपरित ल्याइएको भन्दै अध्यादेश अस्वीकार गर्नुपर्नाको कारण उल्लेख गरेका छन् ।

यसरी अस्वीकार गर्न सूचना दर्ता गरिएका अध्यादेशमा संवैधानिक परिषद् पहिलो संशोधन अध्यादेश, सपथ सम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, आर्थिक अध्यादेश, विनियोजन अध्यादेश, रेल्वे अध्यादेश, नेपाल प्रहरीसम्बन्धी अध्यादेश रहेका छन् ।

तर जसपाका सांसदहरुले नागरिकता अध्यादेशलाई भने अस्वीकृतिको सूचना दिएका छैनन् । सरकारले सर्वोच्च अदालतले कार्यान्वयन नगर्न नगराउन दिएको आदेश विपरित नागरिकता सम्बन्धी अध्यादेश पनि राष्ट्रिय सभामा पेश गरेको थियो ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ५ : ५३ बजे

हिलो र चिप्लोको कारण बुटवल-नारायणगढ सडक अवरुद्ध

नवलपरासी । वर्षाका कारण बुटवल-नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको

पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको हत्या, अभियुक्त पक्राउ

ललितपुर । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहार गरी

उपसभामुख निर्वाचन : आज उम्मेदवारी दर्ता

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज (चैत २६) उम्मेदवारी

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौं । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय