८ चैत्र २०८२, आइतबार | March 22, 2026

रोहिणी गाउँपालिकाभित्र लकडाउन प्रभावकारी रुपमा कार्यान्यवन



भैरहवा । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथामको लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनलाई रुपन्देहीको रोहिणी गाउँपालिकाभित्र प्रभावकारी रुपमा कार्यान्यवन गरिने भएको छ ।

गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवको संयोजकत्वमा आइतबार सम्पन्न रोहिणी गाउँपालिकाको गाउँ विपद् व्यवस्थापन समितिको बैठकले लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्यवन गर्न आ–आफ्नो क्षेत्रबाट सक्रिय पहल गर्ने निर्णय गरेको छ ।

त्यस्तै छिमेकी मुलुक भारत तथा अन्य मुलुकबाट आएका व्यक्तिहरुको पहिचान, लागत संकलनमा सघाउने तथा सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गर्ने र सेल्फ क्वारेन्टाइनमा बस्न नसक्ने व्यक्तिहरुलाई गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा बस्न सहयोग गर्ने बैठकले निर्णय गरेको छ ।

त्यस्तै सरकारले लागु गरेको लकडाउनका कारण सांझबिहान छाक टार्न मुस्किल परेका अतिविपन्न दैनिक ज्यालादारी मजदूरहरु तथा जग्गाजमिन नभएका र १÷२ कठ्ठासम्म मात्र जमिन भाइ खान नपुग्ने अतिविपन्न परिवारलाई परिवार संख्याको आधारमा वडा कार्यालय मार्फत प्राप्त विवरणको आधारमा खाद्यान्न राहत सामाग्री उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले बताउनुभयो ।

त्यसै गरी विश्वव्यापी रुपमा परिरहेको विपद्को समयमा सहयोग गर्न इच्छुक दाताहरु, व्यक्ति, संघ–संस्था, उद्योगी, व्यवसायी, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, राष्ट्रसेवक शिक्षक, कर्मचारी जो कोहीले सहयोग गर्नको लागि एन.आइ.सी. एसिया बैंक धकधईमा रहेको गाउँपालिकाको विपद् व्यवस्थापन कोषको खाता नम्बर ९४४१४९८७३४५२४००४ मा रकम जम्मा गरी भौचर गाउँपालिकामा जम्मा गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।

गाउँपालिकाले वितरण गर्ने राहत सामाग्रीको आइटम तथा कोरोना भाइरसबाट सुरक्षित रहन (पीपीई) लगायत अन्य सामाग्रीहरु उपलब्ध गराउन आह्वान गर्ने र एकद्धार प्रणालीबाट सम्बन्धित पक्षलाई राहत तथा सुरक्षित सामाग्रीहरु वितरण गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले बताउनुभयो ।

कोरोना भाइरस लगायत विपद्को बारेमा केही समस्या परेमा सम्बन्धित वडाअध्यक्ष, नजिकको स्वास्थ्यकर्मी तथा सुरक्षा निकायलाई जानकारी गराउन समेत अनुरोध गर्ने निर्णय गरिएको न्यौपानेले जानकारी दिनुभयो ।

त्यस्तै विपद् व्यवस्थापन, राहत वितरण तथा सामाग्री वितरणको लागि रोहिणी गाउँपालिकाको योजना शाखा प्रमुख राजकुमार मिश्रलाई फोकल पर्सनको रुपमा तोक्ने र व्यवस्थित रुपमा राहत सामाग्री वितरण गर्ने व्यवस्था मिलाउने बैठकले निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ७ : ५९ बजे

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे

फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा