७ पुस २०८२, सोमबार | December 22, 2025

विधान अधिवेशन साउन २५ मा गर्ने एमालेको निर्णय, २०७९ वैशाखभित्र दशौं महाधिवेशन



काठमाडौं । नेकपा एमालेले साउन २५ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।

एमालेको शनिबार बसेको केन्द्रीय कमिटी बैठकले साउन २५ गते विधान अधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकमा दशौं महाधिवेशनको मिति सार्ने प्रस्ताव गरिएको छ ।  बैठकमा महासचिव ईश्वर पोखरेलले महाधिवेशनको मिति सार्ने प्रस्ताव गरेका हुन् ।

दशौं महाधिवेशन २०७९ साल वैशाख ३० गतेभित्र गर्ने प्रस्ताव गरिएको छ । यसअघि एमालेले आगामी मंसिर २ देखि ६ सम्म महाधिवेशन गर्ने भन्दै आयोजक कमिटी गठन गरेको थियो ।

शनिबारको बैठकमा महासचिव पोखरेलले प्रस्तुत गरेको संगठनात्मक प्रस्तावमा आम निर्वाचनको कार्यतालिकासँग नजुध्ने गरी पार्टी अधिवेशनमा लाग्नुपर्ने जनाइएको छ ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ४ : ३० बजे

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र