२४ बैशाख २०८१, सोमबार | May 6, 2024

ओलीको चेतावनी : सर्वोच्चको फैसला आउँदासम्म हस्ताक्षर फिर्ता नलिनेहरु एमाले हुँदैनन



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला आउँदासम्म पनि हस्ताक्षर फिर्ता नभए उनीहरु एमाले नरहने प्रष्ट पारेका छन् ।

एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा फैसला आउँदासम्म हस्ताक्षर फिर्ता नलिनेहरु एमाले रहन नसक्ने बताएका हुन् ।

ओलीले देउवाको पक्षमा हस्ताक्षर गर्ने निवर्तमान सांसदहरु एमाले नरहने बताए । मुद्दाको फैसला हुँदासम्म पार्टीमा कित्ता क्लियर भैसक्ने बताउँदै उनले पार्टी नेतृत्वमा रहेको सरकार ढाल्ने र वैकल्पिक सरकार बनाउन हस्ताक्षर गर्नेहरु पार्टीका नेता कार्यकर्ता हुन नसक्ने स्पष्ट पारे ।

ओलीले माधव नेपालसँग आज भएको फोन सम्वादमा प्रतिपक्षी मोर्चामा गएर हस्ताक्षर गर्दै हिँड्नेको हैसियत के हुन्छ भन्नेबारे प्रष्ट बताइसकेको जनाए ।

ओलीले अरुको पार्टीमा जानेलाई पर्खेर नबस्ने बताए । ओलीले भने– जेठ २ मा फर्कियौं, त्यो भनेको यही हो । जो आउँदैन, अर्को पार्टीमा जानेलाई पर्खिने होइन । यात्रामा अगाडि पनि साथी भेटिन्छन् ।’

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ६ : १२ बजे

भक्तपुरमा खुल्ला गुँला बाजा प्रतियोगितामा सम्पन्न

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भएको खुल्ला गुँला बाजा प्रतियोगितामा

कवाडीवालाको कथामा बनेको लघुचलचित्र ‘भाउ’ सार्वजनिक

काठमाडौं । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएको सर्टफिल्म ‘भाउ’

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

बागमती । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८

लखनउमाथि कोलकोता ९८ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले