१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

सदरमुकाम मलङ्गवामा दुई दशकपछि पक्की सडक निर्माण शुरु



सर्लाही । सदरमुकाम मलङ्गवा नगरपालिका क्षेत्रमा झण्डै दुई दशकपछि पक्की सडकको निर्माण शुरु भएको छ ।

जिल्लाको नवलपुर-मलङ्गवा सडकखण्डअन्तर्गत पर्ने मलङ्गवा-१० स्थित जिल्ला विकास चोकबाट वडा नं ८ राजश्री सिनेमा हलचोकसम्म बजार क्षेत्रको भित्री सडक निर्माण शुरु भएको हो ।

करिब एक हजार ७०० मिटर लम्बाइमा दुवैतर्फ डेढरडेढ मिटर नाला तथा १३ मिटर आरसीसी ढलान रहने गरी जम्मा १५ मिटर चौडाइको उक्त सडकको निर्माण शुरु भएपछि मलङ्गवावासी खुशी भएका छन् ।

केन्द्र सरकारअन्तर्गत रहेको शहरी विकास मन्त्रालयको रु १० करोड बजेटबाट उक्त सडकको निर्माण शुरु भएको मलङ्गवा नगरपालिकाले जनाएको छ । यसअघि ४२ मिटर चौडाइको सडक बनाउने योजना रहेको भए पनि सयौँ स्थानीय बासिन्दाको घर पूर्णरूपमा क्षति हुने र सडक पनि नबन्ने भएपछि नगरपालिकाको बोर्डको बैठकको निर्णयानुसार १५ मिटर चौडाइको सडक बनाउन लागिएको नगरप्रमुख निरसल साहले बताए । रासस

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ७ : ५२ बजे

जाँचबुझ आयोगको प्रतिवेदन अधुरो र अपूर्ण : कांग्रेस

ललितपुर । नेपाली कांग्रेसले जेनजी आन्दोलनबारे तयार गरिएको जाँचबुझ आयोगको

रास्वपा संसदीय दल नेतामा बालेन्द्र शाह चयन, रातभरमा मन्त्री छानिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा बालेन्द्र

संसदमा ‘सिट प्लान’ : अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौँ । संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष

निर्वाचनको परिणाम ‘अनपेक्षित, अस्वाभाविक र जादुमयी’ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा बोल्दा

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।