७ पुस २०८२, सोमबार | December 22, 2025

प्रतिनिधिसभा विघटन मुद्दा : सभामुखका वकिलले बहस गर्दै, प्रतिउत्तर बहस पनि आजै सुरु हुने



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धामाथि संवैधानिक इजलासमा आज पनि सुनुवाइ हुँदैछ ।

प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको नेतृत्वमा रहेको पाँच सदस्यीय इजलासमा आज सभामुख अग्निप्रसाद सापकोटाका वकिलहरुले बहस गर्दैछन् ।

शेरबहादुर देउवासहित १४६ जना सांसदले सभामुखलाई समेत विपक्षी बनाएका छन् । सभामुखको तर्फबाट पाँच जना वकिलले बहस गर्दैछन् । तर, यसरी बहस गर्ने वकिलहरुले पनि प्रतिनिधिसभा विघटन गलत भएको तर्क गर्दैछन् । सभामुख सापकोटा विपक्षी बनाइए पनि उनले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताउँदै आएका छन् ।

सापकोटाको तर्फबाट वरिष्ठ अधिवक्ताहरू लवकुमार मैनाली, श्यामप्रसाद खरेल, उपेन्द्रकेशरी न्यौपाने तथा अधिवक्ताहरू मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्दै छन्।

सभामुखको पक्षबाट बहस गर्नका लागि दुई घण्टाको समय रहेको छ । महान्यायाधिवक्ताको कार्यालयले दिएको एकघण्टा अपुग भएको जिकिर गरेपछि इजलासले थप एकघण्टा उपलब्ध गराएको छ । दुई घण्टाको बीचमा पाँच जना वकिलको बहस सकिएपछि आजै रिट निवेदकको पक्षबाट प्रतिउत्तर बहस प्रारम्भ हुनेछ ।
चिया ब्रेक अघि सभामुखका वकिलले बहस सक्नेछन् भने त्यसपछि रिट निवेदकका वकिलले प्रतिउत्तर बसह सुरु गर्नेछन् । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमणकुमार श्रेष्ठ, बद्रीबहादुर कार्की र हरिहर दाहालले प्रतिउत्तर बहस गर्दैछन्।

प्रतिउत्तर बहसका लागि इजलासले ३ घण्टाको समय उपलब्ध गराएको छ । पहिला उपलब्ध गराएको १२ घण्टाको समयमा ३६ जना वकिलले बहस गरेका थिए । प्रतिउत्तर बहस सकिएपछि एमीकस क्यूरीको तर्फबाट चार जना वकिलले बहस गर्नेछन् ।

असार ९ गतेबाट निरन्तर सुनुवाइ भइरहेको छ ।

 

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ९ : २७ बजे

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र