६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

प्रतिनिधिसभा विघटन मुद्दा : सभामुखका वकिलद्वारा बहस जारी



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथि संवैधानिक इजलसामा सभामुख पक्षका वकिलले बसह सुरु गरेका छन् ।

प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको नेतृत्वमा रहेको पाँच सदस्यीय इजलासमा सभामुख अग्निप्रसाद सापकोटाको पक्षबाट आज दुई घण्टामा पाँच जना वकिलले बहस सक्दैछन् ।

बहसको थालनी अधिवक्ता मेघराज पोखरेलले गरेका छन् । सभामुखका तर्फबाट वरिष्ठ अधिवक्ताहरु लवप्रसाद मैनाली, श्याम खरेल, उपेन्द्रकेशरी न्यौपाने र अधिवक्ताहरु मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्दै छन्।

रिट निवेदहरुले सभामुख सापकोटालाई विपक्षी बनाएपनि उनले पनि प्रतिनिधिसभा विघटन असंवैधानिक भएको जिकिर गर्दै बहस नोट बुझाइसकेका छन् । त्यसैले महान्यायाधिवक्ताले सभामुख पक्षलाई जम्मा एक घण्टाको समय दिएपछि वकिलहरुले असन्तुष्टि जनाएका थिए । त्यसपछि इजलासले थप एक घण्टाको समय दिएको थियो ।

सभामुख पक्षको बहस सकिएपछि रिट निवेदकका तर्फबाट जवाफी बहस सुरु हुनेछ । इजलासले यसका लागि ३ घण्टा समय तोकेको छ । जवाफी बहस सकेपछि चार जना एमीकस क्यूरीले दुई घण्टाभित्र राय दिनेछन ।

त्यसपछि इजलासले फैसलाको मिति तोक्नेछ ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  १२ : ०९ बजे

आजको मौसम : देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध